प्रदेश

गठबनधनले बनायो नेपाललाई विश्व साम्राज्यवादको खेल मैदान :पाण्डे




कपिलवस्तु १० फागुन । नेपालको पाँच दलिय गठबन्धनले नेपाललाई विश्व साम्राज्यवादको खेल मैदान बनाएको एमालेका जिल्ला सदस्य सुन्दर पाण्डेले वताउनु भएको छ । उहाले गठबन्धन सरकार बनेसँगै विकास निमार्णका काम सिथिल भएको , वहुवर्षिय योजना अलपत्र परेको ,देशका १४ सय बढि सडकहरुको बजेट कटौती गरिएको जस्ता कुराले राष्ट्रिय अर्थतन्त्र संकटमा परेको दावि गर्नु भयो । सोमबार एमाले कपिलवस्तु नगरको ९ नं वडाको बैठकलाई जगदिशपुरमा सम्बोधन गर्दै नगर सहईचार्ज समेत रहनु भएका पाण्डेले यस्तो बताउनु भएको हो । नेकपा एमाले बिना देश समृद्ध नहुने समेत उहाँले ठकुवा गर्नु भयो ।


कार्यक्रममा जिल्ला कमिटि सदस्य तथा वडा इन्जार्ज पार्वती पाण्डेले एमालेले जनताको मन जित्ने गरि काम गर्नु पर्ने बताउनु भयो । जिल्ला कमिटि सदस्य तथा कपिलवस्तु नगरपालिका अध्यक्ष श्याम प्रजापतिले वर्तमान अवस्थामा एमालेमा आउनेको लहर चलेको भन्दै देश एमालेमय बनेको बताउनु भयो । एमालेको विश्वास जनताप्रति बढ्दै गएको उहाँले बताउनु भयो ।वडा अध्यक्ष रिषब देब पौडेलको अध्यक्षता सचिव विश्वराज पाण्डेको सञ्चालनमा भएको कार्यक्रममा जिल्ला कमिटि सदस्य राम मिलन चौधरी , वडा अध्यक्ष शिव वाग्ले लगायतले बोल्नु भएको थियो । वैठकले यहि आउदो चैत्र १४ गते शनिवारका दिन वृहत भेला गर्ने , पाटी प्रवेश , पाटी कार्यालय स्थापना , टोल कमिटि निमार्ण गर्ने महत्वपुर्ण निर्णय गरेको वडा कमिटिले जनाएको छ ।

प्रकाशित : १० फाल्गुन २०७८, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६