अर्थ-वाणिज्य

एक किसान एक करेसावारी :वडाको निशुल्क हजारी




भगवती न्यौपाने
कपिलवस्तु१३ फागुन ।लगातार ४ बर्ष सम्म विकास निर्माणको कार्यमा नगरपालिका मै उत्कृष्ट हुंदै आएको कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं. ७ ले अर्को उदाहरणिय कार्य गरेको छ । भौतिक विकासले मात्र वडा तथा नगर समेत समृद्ध नहुने भन्दै निर्वाचित भएको पहिलो बर्ष देखिनै लक्षित बर्गका कार्यहरुलाई विशेष प्राथमिकता दिदै आएको वडा नं. ७ ले उदारणिय काम १ किसान १ करेसावारी १ हजारी कार्यक्रम सम्पन्न गरेको छ ।


चालु आर्थिक बर्ष २०७८÷७९ अन्तर्गत ४ लाख ६० हजार बजेट मध्येबाट वडाका ९ सय बढी कृषकहरुलाई एक÷एक वटा हजारी र सात प्रकारका तरकारीका विउका पोका वितरण गरेको वडाध्यक्ष बिष्णु गिरीले जानकारी दिनुभयो । वडावासी कृषकहरुलाई हजारी तथा विउ वितरण गर्दै वडाध्यक्ष गिरीले कृषि मार्फत आर्थिक समृद्धिको नारा कार्यान्वयनमा लगेको बताउनुभयो । उहाँले वडा कृषिमा नै आत्मनिर्भर बनाउन हजारी र विउविजनहरु वितरण गरिएको उल्लेख गदै भौतिक विकास सँगै सम्रग पक्षको विकास गर्न सके वडा संगै नगर समृद्ध हुन सक्ने बताउनुभयो ।वडा अध्यक्ष गिरिले स्वस्थ जिवन बनाउनका लागि आफैले उत्पादन गरेको अर्गानिक तरकारी खान किसानलाई आग्रह गदै सक्रिय रुपमा लागेका कृषकहरुलाई नगरपालिका तथा वडाको तर्फबाट विभिन्न किसिमका सहयोगहरु गरिने उहाँले बताउनु भयो भयो ।
व्यबसायी नारायण बेल्वासे, नेकपा एमाले वडा कमिटि अध्यक्ष प्रताव गिरिले कार्यक्रममा बोल्दै बजारमा तरकारीको मुल्य निकै बढेको बेलामा आफैले तरकारी उत्पादन गर्दा खर्चमा कटौती हुने र तरकारी खेती गर्दा आम्दानीको स्रोत पनि हुने बताउनु भयो । यसले धेरै किसान लाभान्वित हुने बताउनु भयो ।हजारी र विभिन्न ७ थरी तरकारीका विउ पाएसंगै वडाका कृषकहरुले खुसी व्यक्त गर्दै वडालाई धन्यवाद दिएका छन् ।वडा अध्यक्ष विष्णु गिरिको अध्यक्षता, वडा सदस्य सावित्रा थारुको स्वागत मनतव्यमा भएको कार्यक्रमको सञ्चालन वडा सचिव कृष्ण खनालले गर्नु भएको थियो । उक्त कार्यक्रमा वडा सदस्य मुमबाहादुर पाण्डे, कमला विक स्थानिय बुद्धिजीवी, कृषक र टोल विकास समितिहरुको सभागिता रहेको थियो ।

प्रकाशित : १३ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६