जीवनशैली

आजको मौसम : ४ प्रदेशमा मेघगर्जन र चटयाङ्गसहित वर्षाको सम्भावना



काठमाण्डौ १४ फागुन ।
आज चार वटा प्रदेशमा हल्का वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

दिउँसोपख सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा मेघगर्जन र चटयाङ्गसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाका मौसमविद् मञ्जु बासीले बताउनुभयो । उहाँका अनुसार पश्चिमी न्यून चापीय प्रणालीले यी चार वटा प्रदेशमा हल्का वर्षा गराउने सम्भावना छ ।

अरु तीन वटा वाग्मती, मधेस प्रदेश र प्रदेश(१ मा भने सामान्यतया मौसम सफा रहनेछ । अहिले काठमाण्डौ उपत्यकासहित देशभर घाम लागेको छ । उच्च पहाडी र हिमाली क्षेत्रका केही ठाउँमा आज राति हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

भोलिदेखि केहि दिन कुनै पनि मौसमी प्रणालीको प्रभाव नरहने अनुमान छ । तर प्रि(मनसुन सुरु भएपछि बेलुकीतिर मेघगर्जन र चट्याङ्गसहित पानी पर्ने जस्ता गतिविधि हुनेछन् ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६