अन्तर्राष्ट्रिय

मोदीसंग युक्रेनका राष्ट्रपतिले टेलिफोनवाट मागे सहयोग



काठमाडौं १४ फागुन -युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ । जेलेन्स्कीले ट्वीटमार्फत भारतका प्रधानमन्त्री मोदीलाई युक्रेनमा रुसी हमला जानकारी गराएको बताएका छन् ।उनले मोदीलाई युक्रेनमा एक लाखभन्दा बढी रुसी सैनिक पसेर अन्धाधुन्ध गोली चलाएको जानकारी गराउँदै आक्रमण रोक्न भारतको सहयोग मागेका छन् । साथै भारतलाई सुरक्षा परिषदमा युक्रेनको समर्थन गर्न र रुसी सैनिकसँग लड्नमा सहकार्य गर्न आग्रह गरेका थिए ।भारतका प्रधानमन्त्री मोदीले के जवाफ दिए भन्ने जेलेन्स्कीले उल्लेख गरेका छैनन् । भारत युक्रेन-रसिया तनावमा मौन छ ।यसअघि मोदीले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँग टेलिफोनमा कुराकानी गरेर युक्रेनमा हिंसा अन्त्य गर्न र कुटनीतिक समाधान खोज्न अपिल गरेका थिए ।

प्रकाशित : १४ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६