खोज–अनुसन्धान

व्याख्यात्मक घोषणा सरकारको ठगपत्र :रावल



काठमाडौँ १६ फागुन ।नेकपा (एमाले) का सांसद भीम रावलले सत्ता गठबन्धनले एमसीसी पारितका लागि संसदमा ल्याएको व्याख्यात्मक घोषणालाई ठगपत्र भएको बताएका छन्। रावलले अन्तर्राष्ट्रिय कानुन अनुसार एकपक्षीय रुपमा गरिने घोषणाले कुनै अर्थ नराख्ने समेत बताए। उनले व्याख्यात्मक घोषणालाई भ्रामात्मक घोषणा भएको बताए। होहल्लाबीच सम्झौता पारित गर्नु राष्ट्रप्रति घात भएको रावलको भनाई छ। उनले व्याख्यात्मक घोषणालाई दुई पक्षीय सम्झौता एकपक्षीय रुपमा घोषणा गरिएको ठगपत्र मात्र भएको बताए।  

सम्झौता पारित कलंकको रुपमा स्थापित हुने रावलको जिकिर छ। उनले प्रधानमन्त्री र उनका सल्लाहकारलाई एमसीसीका दफाहरुमा बहसमा आउन चुनौती पनि दिए। राष्ट्रियताको विषय जोडिएको सम्झौतालाई हतारहतार पारित गर्नु देशप्रतिको नाङ्गो षडयन्त्र भएको उनको भनाई छ। महाकाली सन्धिका क्रममा पास भएको संकल्प प्रस्ताव कहाँ छ भनेर रावलले प्रधानमन्त्री देउवालाई प्रश्न समेत गरे। 

प्रकाशित : १६ फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६