बिजनेस

आजको काम भोली भन्ने बानी बदल्न मन्त्री मगरको निर्देशन




रुपन्देही १८ फागुन । लुम्बिनी प्रदेशका श्रम, रोजगार तथा यातायात मन्त्री पुरमति ढेंगामगरले आजको काम भोली भन्ने वानी बदल्न यातायात ब्यवस्था कार्यलयका कर्मचारीलाई आग्रह गरेकी छन् । उनलेरुपन्देहीको मणिग्रमस्थित यातायात व्यवस्था कार्यालयमा अनुगमनका क्रममा यस्तो वताएकी हुन् । सेवाग्राहीको गुनासो सुन्ने र कार्यालयको सेवा सुधार गर्ने उद्देश्यले छड्के अनुगमन गरेको मन्त्रीको सचिवालयले जनाएको छ ।सो अवसरमा एक सेवाग्राही खमबहादुर रास्कोटीमगरले लाइसेन्स वितरणमा ढिलाई हुंदा ट्राफिक प्रहरीबाट चेकजांचका क्रममा दुःख पाउने गरेको मन्त्री ढेंगासमक्ष गुनासो गरेका थिए ।

यस्तै कार्यालयमा फाइल नभेटिएको बहानामा काममा ढिलासुस्ती हुने गरेकाले सबै काम कम्प्युटरबाट हुने प्रणाली विकास गर्न रास्कोटीले मन्त्रीसंग माग गरेका थिए ।अनुगमनपछि मन्त्री ढेंगाले सेवा दिने क्रममा कुनै पनि प्रकारको कुनियत र वाहना वाजी गरेको पाइए ठाउका ठाउ कारवाही गर्न आफू पछि नपर्ने समेत मन्त्री मगरले स्पष्ट पारेकी छन् । उनले कार्यालयबाट कुनै समस्या र नियम विपरितका काम भएमा मन्त्रालयमा सूचना दिन सेवाग्राहीलाई आग्रह गरिन् । मन्त्री ढेंगाले यसअघि पनि मन्त्रालय मातहतका कार्यालयहरुको अनुगमन गर्दै आएको मन्त्रीका स्वकीय सचिव तेजु रानाले बताए ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६