खोज–अनुसन्धान

लुम्विनी बिकास कोषमा पदभार ग्रहण,कोषाध्यक्ष भटराईले गरे २ प्रतिवद्धता




विकास बन्जाडे
कपिलवस्तु १८ फागुन
लुम्बिनी विकास कोषको कोषाध्यक्ष सहित ९ जना परिषद सदस्यहरुलाई कार्यालयमा पदभार तथा स्वागत कार्यक्रम एक कार्यक्रमका विच सम्पन्न गरिएको छ । नेपाल सरकार, मन्त्रिपरिषदले गत फागुन ५ गते कोषाध्यक्षमा ढुण्डीराज भट्टराई (सिद्धिचरण) सहित ९ जना परिषद सदस्यलाई ५ बर्षका लागि नियुक्त गरेको थियो । नवनियुक्त कोषाध्यक्ष भट्टराई सहितका परिषद सदस्यलाई कोषका उपाध्यक्ष अवधेश कुमार त्रिपाठी (भिक्षु मैत्तय), सदस्य सचिव सानुराजा शाक्य लगायतले कार्यालयमा एक कार्यक्रमको आयोजना गरि पदभार तथा स्वागत गर्नुभएको हो । पदभार ग्रहण गर्दै कोषाध्यक्ष भट्टराईले लुम्बिनी गुरुयोजना समयमै सक्ने र लुम्बिनीलाई स्मार्ट लुम्बिनी बनाउन आफुले योजनाबद्ध काम गर्ने प्रतिवद्धता जनाउनु भयो । साथै तिलौराकोट, देवदह लगायत बुद्धसँग सम्वन्धीत स्थानको विकासमा लागी पर्ने बताउँदै त्यसको लागि सबैको सहयोग, सहकार्य जरुरी रहेको बताउनुभयो ।
कार्यक्रममा कोषका उपाध्यक्ष अवधेश कुमार ज्ञिपाठीले लुम्बिनी गुरुयोजना समयमै सम्पन्न गर्न र लुम्बिनीको गरिमा अझै प्रभावकारी गराउन कोषाध्यक्ष र परिषद सदस्यहरुको नियुक्तिले उर्जा प्रदान गरेको बताउनुभयो । सो अवसरमा सदस्य सचिव सानुराजा शाक्यले कोषको कोषाध्यक्ष र सदस्यहरु रिक्त हुँदा कतिपय कामहरु प्रभावकारी ढंगले अगाडी बढ्न नसकेको अवस्थामा सरकारले गरेको निर्णयले आफुहरुलाई उत्साहित बनाएको बताउनुभयो । कोषका अधिकृत ज्ञानिन राईको सञ्चालनमा भएको स्वागत कार्यक्रममा सूचना अधिकारी राजन बस्नेत लगायतले बोल्नुभएको थियो । नेपाल सरकारले यसपालि रुपन्देहीका अतिरिक्त कपिलवस्तु, नवलपरासी लगायतका जिल्लाबाट कोषको परिषद सदस्यमा नियुक्त गरेकाले समग्र बुद्धस्थलको विकासमा टेवा पुग्ने स्थानीयमा आशा पलाएको लुम्बिनी विकास कोषका प्रेस सल्लाहकार विकास बन्जाडेले जानकारी दिनुभयो ।

प्रकाशित : १८ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६