वाँके १९ फागुन ।५ जानको ज्यान लिएको नरभक्षी बाघ नियन्त्रणमा आएपछि राप्ती सोनारी गाउपालिमा खुशीयाली छाएको छ । वाघले बाँकेमा पाँचजनाको ज्यान लिएको थियो । वन डिभिजन कार्यालय बाँकेले राप्ती सोनारी गाउँपालिका ६ राप्ती पिडित सामुदायिक वनबाट बाघलाई नियन्त्रणमा लिएको हो । वन डिभिजन कार्यालय बाँकेका सूचना अधिकारी गणेशबहादुर खड्काले कार्यालयको जनशक्ति, नेपाली सेना, नेपाल प्रहरी, बाँके राष्ट्रिय निकुञ्ज र स्थानीय सामुदायीक तथा उपभोक्ता समुहको सहयोगमा बाघलाई नियन्त्रणमा लिइएको जानकारी दिए ।
सोही नरभक्षी बाघको आक्रमणबाट पाँच जना मानिसको मृत्यु भएको खड्काले जानकारी दिए । अहिले विभिन्न निकायको सहयोग र समन्वयमा बाघलाई नियन्त्रणमा लिन सकिएको उनको भनाइ छ । खड्काका अनुसार पछिल्लो समय बाघले स्थानीय धनबहादुर चलाउनेलाई आक्रमण गरेको थियो ।बाघले राप्तीसोनारी गाउँपालिका वडा ४ र ६ का स्थानीयलाई पटक पटक आक्रमण गरेको थियो । बाँके राष्ट्रिय निकुञ्जका प्रमुख श्याम कुमार साहले बाघ अहिले राष्ट्रिय निकुञ्जको नियन्त्रणमा रहेको जानकारी दिए ।
१९ फाल्गुन २०७८, बिहिबार
प्रतिक्रिया