पर्यटन

कांग्रेसको जिल्ला नेतृत्वकालागि मतदान सकियो,गणना शुरु हुदै




वाँके १९ फागुन । नेपाली काँग्रेस बाँके जिल्लाको नयाँ नेतृत्वका लागि नेपालगञ्जमा मतदान सकिएको छ । नयाँ नेतृत्व चुन्न बिहान ९ः१५ बजेदेखि जिल्ला समन्वय समितिमा मतदान सुरु भएकोमा ४ वजे सकिएको सहायक निर्वाचन अधिकृत चित्रबहादुर शाहीले जानकारी दिए । उनका अनुसार निर्वाचनमा एक हजार ४९३ मतदाता छन् । सभापति, दुई उपसभापति, दुई सचिव तथा दुई सहसचिव र कार्यसमिति सदस्य चुन्न आज मतदान भइरसकेको छ ।
सभापतिमा तीन, उपसभापति, सचिव र सहसचिवमा चार÷चार उम्मेदवार प्रतिस्पर्धामा छन् । सभापतिका लागि नारायणप्रसाद गौडेल, सुरेन्द्रबहादुर हमाल र बादशाह कुर्मी प्रतिस्पर्धामा रहनुभएको छ । पार्टीको विधानअनुसार सभापतिमा निर्वाचित हुनेले ५० प्रतिशतभन्दा बढी मत ल्याउनुपर्ने छ भने अन्य पदमा बढी मत ल्याउने निर्वाचित हुनेछन् । मतदानलगत्तै मतगणना सुरु हुने सहायक निर्वाचन अधिकृत शाहीले बताए ।

प्रकाशित : १९ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६