अर्थ-वाणिज्य

चुनाव भन्दा सातो पुत्लो उड्नेलाई धुलो चटाउन एमाले कटिवद्ध :रायमाझी




बिष्णु कुमार आले
अर्घाखाँची २२ फागुन ।नेकपा एमालेका केन्द्रिय कमिटी सचिव तथा पुर्व उपप्रधानमन्त्री टोप बहादुर रायमाझीले पाँचदलको गठबन्धन विरुद्ध लडेर जित्नैकालागि एमालेलाई छिटटै चुनाव चाहिएको दावि गर्नु भएको छ । चुनाव भन्दा सातो पुत्लो उड्ने माओवादी र एसलाई चुनाववाटै धुलो चटाउने उहाले स्पष्ट पार्नु भयो । उहाले अर्घाखाँचीको सन्धिखर्क ७ खाँचिकोट म्युडाँडामा नेपाली काग्रेस परित्याग गरि ३१ घरपरिवारका ८५ जनालाई एमालेमा प्रवेश गराउदै यस्तो वताउनु भएको हो । सोक्रममा खाँचिकोटको म्युडाँडा र म्युखोला दुई ओटा गाउँका ८५ जना एमालेमा प्रबेश गरेका हुन् ।

कार्यक्रममा पार्टी केन्द्रिय कमिटी सदस्य तथा अर्घाखाँची जिल्ला सहइन्चार्ज चेतनारायण आचार्य, प्रदेश कमिटी सचिवालय सदस्य रामजी प्रसाद घिमिरे, जिल्ला कमिटी अध्यक्ष पिताम्बर भुसालले संयुक्त रूपमा नवप्रवेसीहरूलाई टीका तथा अभिर लगाई स्वागत गर्नुभएको थियो ।कार्यक्रममा गण्डकी प्रदेश कमिटी सदस्य लिला जि सि, जिल्ला कमिटी सचिव तोज बहादुर रायमाझी, उपसचिव शम्भु पोख्रेल, जिल्ला निर्वाचन बिभाग प्रमुख तथा सन्धिखर्क नगर कमिटी अध्यक्ष श्रीकृष्ण भुसाल, जिल्ला कमिटी सदस्य कृष्ण श्रेष्ठ, जिल्ला सल्लाहकार कमिटी सदस्य फर्स बहादुर के सि लगायतको उपस्थिती रहेको थियो ।

प्रकाशित : २२ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६