काठमाडौं २४ फागुन । नेपाली काँग्रेसले चुनावी अभियानका लागि नेताहरुको जिम्मेवारी तोकेको छ । मंगलबार बसेको काँग्रेस बैठकले आगामी वैशाखमा हुने स्थानीय तह चुनावमा पार्टीलाई जिताउन नेताहरुको जिम्मेवारी तोकेको हो ।
काँग्रेसले ७७ जिल्ला हेर्ने गरी नेताहरुलाई जिम्मेवारी दिएको छ । जसअनुसार कपिल्वस्तुम अब्दुल रज्जाक ,प्युठानमा किरण पौडेल ,अर्घाखान्चिमा शान्ती बिक ,रुपन्देहीमा उदय सम्शेर राना ,पाल्पामा सरस्वती अर्याल ,नवलपरासीमा मदन्कृश्न श्रेष्ठले जिम्मेवारी पाउनु भएको छ ।यसैगरी दाङ्ममा चन्द्र केसि ,बर्दियामा गुरुबराल ,बाँकेमा दिपक गिरि,रुकुमपुर्ब रुपा बिक गुल्मीमा दिनेश कोइरालाले जिम्मेवारी पाउनु भएकोछ। काँग्रेसलाई जिताउन भन्दै काँग्रेसले एक महिना “गाउँ गाउँमा काँग्रेस” अभियान चलाउँदै छ । अभियान यही फागुन २९ देखि चैत २९ गतेसम्म चल्ने काँग्रेसले जनाएको छ।
२५ फाल्गुन २०७८, बुधबार
प्रतिक्रिया