प्रदेश

प्रथम बाणगंगा सडक खाना महोत्सवमा “सविन राई एण्ड द व्याण्ड” आउने




कपिलवस्तु, २५ फागुन ।
प्रथम बाणगंगा सडक खाना महोत्सवमा चर्चीत आधुनिक तथा पक गायक सविन राई एण्ड द व्याण्ड आउने भएको छ। बाणगंगा नगरपालिकाको चार नम्बर जितपुरमा यहीँ फागुन २७ गते हुन लागेको प्रथम बाणगंगा सडक खाना महोत्सवमा सविन राई आउन लागेको सांस्कृतिक संयोजक सुजन क्षेत्रिले जानकारी दिए ।

बाणगंगा नगरपालिका वडा नः ४ द्धारा आयोजित सडक खाना महोत्सवमा २ घण्टा बढि समयसम्म आफनो प्रस्तुती दिने गरी सविन राई आउन लागेको सास्कृतिक संयोजक क्षेत्रीले बताए । गुरासको भेद मुनि सम्झनाको छाया, तिमिनै हौ सहित २ दर्जन बढि चर्चीत गित गाएका राईले सबैलाई महोत्सवमा आइसगै रमाइलो गर्न आग्रह गरेका छन । साथै उनले स्थानिय कलाकारको पनि बजोड प्रस्तुती रहने बताए ।

सडक खाना महोत्सवलाई उदारणीय बनाउन तयारीलाई तिव्रता दिइएको महोत्सवका निर्देशक शुसिल सिहं ठकुरीले बताए । ठकुरी धेरै लामो समयपछि चार नम्बर चोकमा बृहत सास्कृतिक कार्यक्रम हुन लागेकोले करिव १५ हजार बढिले महोत्सव अवलोकन गर्ने बताए ।

महोत्सवमा विविध सांस्कृतिक कार्यक्रमका साथै मगर, थारु, नेवारलगायत विभिन्न जातजातिका स्थानीय तथा मौलिक खानाका परिकार राखिने महोत्सवका निर्देशक सुशील सिंह ठकुरीले बताए । महोत्सव फागुन २७ गते शुक्रबार राखिएकोले स्थानीय तथा छिमेकी जिल्लाका परिवारसहित आएर अवलोकन र मनोरन्जन लिन सकिने निर्देशक ठकुरीले बताए ।

स्थानीय युवाहरुको सक्रियतामा उक्त महोत्सव संचालन गर्न लागिएको हो । जिल्लाको पहिचान, आर्थिक समाजिक एवं सांस्कृतिक विकासमा टेवा पुर्याउन सडक खाना महोत्सव राखिएको प्रथम वाणगंगा सडक खाना महोत्सव २०७८ मुल समारोह समितिका संयोजक बुद्धिबहादुर रोकाहा (दिनेश)ले जानकारी दिएका छन् ।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६