खोज–अनुसन्धान

एकैवार्डका ५ सय विपन्न महिलाले पाए ग्यास सिलिन्डर :कपिलवस्तु कै नमुना काम भएको पूर्वमन्त्री गुप्ताको दावी



कपिलवस्तु, २५ फाल्गुन । एकैवार्डका ४ सय ४७ विपन्न महिलाले ग्यास सिलिन्डर पाएका छन ।वितरण गर्दै पूर्वमन्त्री बृजेश कुमार गुप्ताले कपिलवस्तु कै नमुना काम भएको दावी गर्नु भयेको छ। ११२ औँ अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा बालिकाको शिक्षामा पहुच बढाउन कपिलवस्तु नगरपालिका वडा नम्बर १२ ले ४ सय ४७ विपन्न महिलाहरूलाई खाने पकाउने ग्यास सिलिन्डर बाँडेको छ।निमाविदेखि माथि अध्ययन गराइरहेका बालिकाका विपन्न, अपांग, एकल महिला र ज्येष्ठ नागरिकहरूलाई सो सिलिन्डर हस्तान्तरण गरिएको हो। विपन्न महिलाहरूलाई यति धेरै संख्यामा सिलिन्डर उपलब्ध गराइएको यो जिल्ला कै पहिलो र नमुना काम रहेको वडाले दाबी गरेको छ।

सौराहाको बिठुवामा आयोजित कार्यक्रममा प्रतनिधि सभा सदस्य बृजेश कुमार गुप्ता, लुम्बिनी प्रदेश सदस्य धरम बहादुरलाल श्रीवास्तव, वडाअध्यक्ष ओमप्रकाश पाण्डेयले महिलाहरुलाई सिलिन्डर हस्तान्तरण गरेका थिए।प्रतिनिधि सभा सदस्य ग्प्ताले महिला दिवसमा वडा नम्बर १२ ले बालिका शिक्षालाई बढावा दिन नमुना काम गरेको बताए। उनले लाभग्राहीले यसको भरपुर सदुपयोग गर्नु पर्ने बताए। उनले संबिधानमा नारीहरुलाई पर्याप्तअधिकार दिइए पनि क्षमता नहुदा सो अधिकारको समेत सदुपयोग हुन नसकेको बताए। उनले महिला हक अधिकार स्थापित गराउन महिलाहरुको क्षमता बढाउनु पर्नेमा जोड दिए।

सो अवसरमा प्रदेश सदस्य श्रीवस्तवले खाना पकाउदा गुुईठा र दाउराको प्रयो गरिदा स्वास्थ्यमा असर परीरहेको बेला बालिका शिक्षाको विकासकालागि गरिएको यो काम सराहनीय रहेको बताए। उनले खाना पकाउन ग्यासको प्रयोग गरिएकामा धुवाबाट बचे भने महिला स्वास्थ्यमा समेत सुधार आउने बताए। सो अवसरमा वडा अध्यक्ष पाण्डेयले वडाका एक गाउका अनुमगमन जानेक्रमम सुेकेको पातले एक महिलाले खाना पकाएको देखे पछि त्यही बेला देखि बिपन्न महिलाहरुलाई ग्यास सिलिन्डर दिने योजना बनाएको बताए।बालिका शिक्षाको निरन्तराकालागि आफुहरुले यो कार्यक्रम गरेको उनले बताए। उनले आफ्ना छोरीहरुलाई पढाईरहेका अति बिपन्न महिलाहरुको छनौट गरी सिलिन्ड बाडिएको बताए। उनले ग्यास सिलिन्डको सदुपयोग भए नभएको अनुगमन गरी हेर्ने बताए।

प्रयोग नगरेको पाइए फिर्ता समेत लिने उनले घोषणा गरे। ग्यास सिलिन्डर पाएर दंग परेकी पुष्पादेबी तेलीले खान पकाउन अब झंझट नहुदे बताईन। ‘ दाउरा र गुईठाले खाना पकाउने गरेका थिए, अब भने ग्यास मै पकाउने छु ’महिला स्वयमसेविका समेत रहेकी तेली भनिन ‘अब खान पकाउदा हतार गर्नु पर्दैन।

स्थानीय माल्ती कहारले अब भेन धुवाबाट आफुहरुले मुक्ति पाएको बताईन। ‘छारीहरुलाई बिद्यालयको पहुच बढाउन गरिएको यो काम धेरै नै राम्रो छ ’ उनले भनिन। उनले वडाले गाउका सबै बिपन्न परिवारलाई ग्यास वितरण गुर्न पर्ने बताईन। कार्यक्रम वाडअध्यक्ष पाण्डेयको अध्यक्षता र वडा सचिव अकरम पढाको संचालनमा भएको थियो।

प्रकाशित : २५ फाल्गुन २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६