प्रदेश

माओवादीले बनायका ८ योजना, यस्ता छन स्थानीय चुनावी नारा



काठमाण्डौं, २६ फागुन ।
नेकपा माओवादी केन्द्रले आगामी वैशाखमा हुने स्थानीय तहको चुनावका लागि पार्टीको सम्पूर्ण शक्ति लगाउने निर्णय गरेको छ । सोमबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले पार्टीको सम्पूर्ण शक्ति चुनावमा लगाउने निर्णय गरेको हो ।

त्यसका लागि माओवादीले प्रदेश इन्चार्जहरू तोकेको छ भने सोही इन्चार्ज मातहत रहने गरी सम्बन्धित प्रदेशका केन्द्रीय सदस्य सम्मिलित समितिले प्रदेशका जिल्लाहरूलाई समेटेर चुनावी कमाण्डहरु बनाउने छ । सो कमाण्डले पुनः स्थानीय तहसम्म सहायक कमाण्डहरु बनाएर चुनावमा होमिने गरी पार्टीले निर्णय गरेको एक नेताले जानकारी दिए ।

चुनावका लागि माओवादीले विभिन्न ८ वटा योजना बनाएर दुई महिने अभियान चलाउने निर्णय गरेको छ । त्यसका लागि ‘समाजवाद उन्मुख समृद्धिका लागि स्थानीय सरकार’ भन्ने मूल नारा तय गरिएको प्रचण्डले बैठकमा प्रचण्डले जानकारी दिएका थिए ।

दुई महिनाको अवधिमा भेला, प्रशिक्षण, संगठन विस्तार, सदस्यता वितरण लगायतका अभियान चलाउने माओवादीले निर्णय गरेको छ ।
यस्तो छन् ८ योजना

१. २१ औँ शताब्दीको समाजवादको नेपालीकरण र समृद्धिको कार्यक्रम अनुरूप पालिकास्तरमा घोषणापत्र बनाउने । तोकिएको मापदण्डका आधारमा उम्मेदवारको सूची बनाउने ।

२. संगठन सुदृद्धिकरण र विस्तारसम्बन्धी कार्ययोजना बनाउने।

– सबै तहका कमिटीलाई पूर्णता दिने । स्थानीय तहमा आवश्यक विभागहरू गठन गर्ने । घरघरमा सदस्य, टोल टोलमा सदस्यता अभियान चलाउने ।

३. व्यवस्थापकीय कार्यक्रम

–राजनीतिक प्रशिक्षण । स्वयम्सेवकहरुलाई गाउँ टोलमा खटाउने ।

४. प्रभावकारी प्रचार संयन्त्र

–नगर गाउँपालिकामा प्रचार शाखा बनाउने । सामाजिक सञ्जालमा प्रचार समूह बनाउने । व्यापक प्रचार प्रसार गर्ने । केन्द्रमा पनि आईटी टीम बनाउन

५. अध्ययन, संश्लेषण तथा विश्लेषणसम्बन्धी कार्यक्रम

–आर्थिक सामाजिक र राजनीतिक अवस्थाको रिपोर्ट बनाउने । आवश्यक रणनीति बनाउने ।

६. राजनीतिक तथा प्रशासनिक समन्वय

–चुनावबारे अन्य पार्टीसँग समन्वय गर्ने । अभियान टोली र पालिकासँग समन्वय गर्ने । सांस्कृतिक टोलीको समयतालिका बनाउने ।

७. सांस्कृतिक टोली

–स्थानीय सांस्कृतिक विषयलाई महत्त्व दिने । स्थानीय कलाकारलाई सहभागी गराउने, चुनावी प्रचारमा कलाकारलाई सहभागी गराउने

८. गठबन्धनका घटकहरूसँग चुनावी तालमेल गर्न वार्ता र संवादको थालनी गर्ने ।

चुनावी नारा पनि तय

यस्तै माओवादीले केन्द्रीय समितिको बैठकबाट विभिन्न चुनावी नारा पनि तय गरेको छ । जसअनुसार प्रमुख चुनावी नारा यस्ता छन्–

–गाउँ, नगर, घरघर जाऔँ माओवादी केन्द्रलाई विजयी गराऔँ ।

–माओवादीको नीति र नेतृत्व संघीय व्यवस्था र समानुपातिक प्रतिनिधित्व

–नेपाली जनक्रान्तिको अमूल्य उपहार, संघ प्रदेश र स्थानीय जनसरकार

–सबैखाले प्रतिगामी षड्यन्त्रको प्रतिकार गरौँ जनक्रान्तको उपलब्धिको रक्षा र विस्तार गरौँ

–श्रम रोजगार उत्पादन र आर्थिक समृद्धि, सामाजिक सांस्कृतिक रूपान्तरणको अभिवृद्धि

–विभेद, उत्पीडन र भ्रष्टाचारको अन्त्य गरौँ, सामाजिक, न्याय, सुशासन र समतामूलक समाजको विकास गरौँ ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६