ब्रेकिंग न्युज

मानव अधिकार तथा शान्ति समाज नेपालको लागि देशभरका मानवअधिकारकर्मी कपिलवस्तुमा



कपिलवस्तु २६ फागुन ।

मानव अधिकार तथा शान्ति समाज नेपालको २४ औँ राष्ट्रिय परिषदको लागि देशभरका मानवअधिकारकर्मी कपिलवस्तु आउनेक्रम जारी छ । यहि फागुन २७ र २८ गते कपिलवस्तुमा हुने राष्ट्रिय परिषदको लागि देशभरबाट मानवअधिकारकर्मी कपिलवस्तु आएका हुन । सम्मेलनको उद्घाटन नागरिक अगुवा देवेन्द्रराज पाण्डेले गर्नुहुने छ ।

बिहिबार उद्योग वाणिज्य संघको हलमा पत्रकार सम्मेलन गरी कार्यक्रम बारे जानकारी गराइएको हो । पत्रकार सम्मेलनमा बोल्दै प्रमुख अतिथी वाणगंगा नगरपालिकाका मेयर मंगल प्रसाद थारुले कार्यक्रममा नगरपालिकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता जनाउनुभयो । देशभरबाट करिव ३ सय प्रतिनिधी कपिलवस्तुमा आउने र जिल्लामा मानव अधिकार तथा शान्ति समाज नेपालको केन्द्रिय सम्मेलन हुनु नगरकै लागि गौरवको विषय भएको बताउनुभयो ।

कार्यक्रममा मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका जिल्ला सभापति गोविन्द पोख्रेलले कार्यक्रमबारे जानकारी गराउनुभएको थियो । अध्यक्ष पोख्रेलले स्थापनाको ३ वर्षमै कपिलवस्तुमा केन्द्रिय सम्मेलन हुनु जिल्लाको लागि गर्वको कुरा भएको बताउनुभयो । देशभरबाट कपिलवस्तुमा आउने प्रतिनिधीले यहाका ऐतिहासिक सम्पदा र पर्यटकीय स्थलको बारेमा जानकारी लिने, प्रतिनिधीहरु २ दिनसम्म कपिलवस्तुमै बस्ने भएकाले यसले ब्यापार प्रर्बद्धनमा टेवा पुग्ने विश्वास ब्यक्त गर्नुभयो । २ दिनसम्म सिद्धार्थ क्याम्पस बुङचीको हलमा चल्ने कार्यक्रम कपिलवस्तु घोषणापत्र जारी गर्दै सकिनेछ ।

सम्मेलनको पूर्व सन्ध्यामा आज जितपुर चोकमा शान्ति दीप प्रज्वलन गरिएको छ । विश्वभर भैरहका हिंशात्मक घट्ना रोक्न माग गर्दै शान्ति दीप प्रज्वलन गरिएको हो । विशेषगरी युक्रेन र रुसबीचको हिंशा अन्त्यको माग गर्दै दीप प्रज्वलन गरिएको हो ।

यस्तै भोलि बिहान ८ बजे बृहत रक्तदान कार्यक्रम आयोजना गरिएको छ । यसैगरी भोलि दिउँसो १ बजे जितपुर चोकबाट कार्यक्रम स्थल बुङचीसम्म पदयात्रा गरिने छ । दिउँसो २ बजे कार्यक्रमको उद्घाटन हुने छ । यस्तै भोलि साझ साढे ७ बजे शान्ति काब्य प्रवाह कार्यक्रम हुने अध्यक्ष पोख्रेलले बताउनुभयो । फागुन २८ गते दिउँसो साढे १२ बजे कार्यक्रम समापन पश्चात जिल्लामा देशभरबाट आएका प्रतिनिधीहरुलाई जिल्लाका पर्यटकिय तथा ऐतिहासिक स्थलको अवलोकन गराइने छ । कार्यक्रममा करिब १० लाख खर्च हुने आयोजकको अनुमान छ । मानव अधिकार तथा शान्ति समाज कपिलवस्तुका सचिव माधव घिमिरेको सहजीकरणमा भएको कार्यक्रममा कोषाध्यक्ष दिना सुवेदी, मानवअधिकारकर्मी, पत्रकार लगाएतको सहभागिता थियो ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६