प्रदेश

१२औं कपिलवस्तु महोत्सव ऐतिहासिक बनाऔंः पुर्व अध्यक्ष न्यौपाने




कपिलवस्तु,२६ फागुन ।
१२ औं कपिलवस्तु महोत्सव नजिकिदैं गर्दा आयोजकले तयारीको कामलाई तीब्रता दिएको छ । कपिलवस्तु उद्योग बाणिज्य संघको आयोजनामा हुन गईरहेको १२ औं कपिलवस्तु महोत्सवको तयारी धमाधम भईरहेको हो । यही चैत्र ३ देखि १३ गतेसम्म हुने महोत्सवको करिब ६० प्रतिशत काम सम्पन्न भईसकेको कपिलवस्तु उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष विष्णु प्रसाद न्यौपानेले बताउनुभयो । पुर्व अध्यक्ष न्यौपानेका अनुसार महोत्सव स्थल वरिपरी कम्पाउण्ड लगाउने काम सम्पन्न भईसकेको छ भने स्टलहरु बनाउने काम धमाधम चलिरहेको छ । महोत्सव स्थललाई थप आकर्षक बनाउनका लागी सुन्दरीकरणको लागी काम भईरहेको उहाँले बताउनुभयो ।

उहाँले महोत्सव स्थलमा राखिने बुद्धको मूर्ति, शिवको मूर्ति तथा गुम्बा बनाउने काम सम्पन्न भईसकेको बताउनुभयो । अहिलेको महोत्सव विगतका भन्दा पृथक किसिमको हुने उहाँको दाबी छ । ‘१२ औं कपिलवस्तु महोत्सव विगतको भन्दा निकै पृथक हुन्छ, महोत्सवलाई ऐतिहासिक बनाउन सबै लागी परेका छौं । सोही अनुसार तयारी गरेका छौं’ उहाँले भन्नुभयो ।

उहाँले महोत्सवलाई ऐतिहासिक बनाउन सबैको साथ सहयोग हुने आवश्यक रहेको र उक्त साथ मिल्ने विश्वास समेत व्यक्त गर्नुभएको छ । स्थानीय स्तरका उत्पादनलाई महोत्सवमा प्रदर्शन गर्दै व्यापार व्यवसायलाई प्रवद्र्धन गर्ने आयोजकको तयारी छ । विभिन्न जातजातीको कला, संस्कृति, भेषभूषालाई संरक्षण, संवद्र्धन गर्दै सबैको साँझा महोत्सवको रुपमा विकास गरिने बताईएको छ ।

आयोजकले महोत्सवमा दुई लाख बढी दर्शक उतार्ने दाबी गर्दै आएको छ । यस्तै १०औं कपिलवस्तु डान्स आईडलको तयारी पनि तीब्र गतिमा अघि बढिरहेको छ । जिल्लामा रहेका उत्कृष्ट नृत्यकर्ताहरुलाई महोत्सवमा ल्याई प्रोत्साहन गरिने आयोजकले जनाएको छ ।

प्रकाशित : २६ फाल्गुन २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६