अन्तर्राष्ट्रिय

नेपाली राष्ट्रिय क्रिकेट टोली आज श्रीलङ्कासँग अन्तिम खेल खेल्दै



काठमाण्डाै २७ फागुन – अभ्यास खेलको लागि श्रीलङ्कामा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज अन्तिम खेल खेल्दैछ ।

कोलम्बोमा बिहान सवा ११ बजेपछि हुने खेलमा नेपालले श्रीलङ्का संयुक्त-११ सँग खेल्दैछ ।

श्रीलङ्का-११ को टिमबाट राष्ट्रिय टोलीका महत्त्वपूर्ण पूर्व खेलाडी पनि खेल्ने भएकाले आजको खेललाई महत्त्वका साथ हेरिएको छ ।

नेपालसँग खेल्ने श्रीलङ्काको संयुक्त-११ मा उपुल थरङ्गा, थिसारा परेरा, धम्मिका प्रसाद, सिक्कुगे प्रसन्ना, दिलरुवान परेरा, दिलसान मुनाविरा र सन्दुन विराक्कोडी जस्ता पूर्व राष्ट्रिय क्रिकेटर रहेका छन् । नेपालले यसअघि भएका तीन वटै अभ्यास खेल जितेको छ ।

विश्व क्रिकेट लिग डिभिजन-२ अन्तर्गत यूएईमा हुने एक दिवसीय श्रृङ्खलाको तयारीका लागि नेपाली टोलीले श्रीलङ्कामा अभ्यास खेल खेलेको हो । नेपाल, पपुवा न्युगिनी र यूएईबीचको श्रृङ्खला आउँदो चैत १ गतेदेखि सुरु हुँदैछ ।

नेपालले चैत २ गते पपुवा न्युगिनीसँग खेल्नेछ । 

प्रकाशित : २७ फाल्गुन २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६