प्रदेश

पार्टीको पहिलो प्राथामिकता आफ्नै तागतमा चुनाव जित्ने हुन्छः प्रचण्ड




काठमाण्डौ, २८ फागुन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आउँदो स्थानीय तहको चुनावमा आफ्नै तागतमा चुनाव जित्ने कुरालाई पार्टीले प्राथमिकतामा राखेको बताउनुभएको छ ।

नुवाकोटमा भएको पत्रकार सम्मेलनमा अध्यक्ष प्रचण्डले गठबन्धनका दलहरुबीच तालमेलको कुरालाई स्वीकार गर्ने तर पहिलो प्राथामिकता आफ्नै खुट्टामा उभिएर चुनाव जित्ने प्रयास हुने बताउनुभयो । उहाँले गठबन्धनका दलहरु बाहेक चुनावी तालमेल नगर्ने बताउनुभयो । उहाँले आफ्नो पार्टीले चुनावको कार्यक्रम, नीति र योजना बनाउने काम गरिरहेको भन्दै अहिले पार्टीको सबै ध्यान स्थानीय तहको चुनावमा केन्द्रित रहेको बताउनुभयो ।

स्थानीय तहको चुनाव आउँदो बैशाख ३० गतेको लागि तोकिएको छ । सत्ता गठबन्धनमा रहेको नेपाली कांग्रेसका धेरैजसो नेताहरुले चुनावमा तालमेल नभइ छुटाछुटै उम्मेदवार उठाउनुपर्ने बताइरहेका छन् भने नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले चुनावमा तालमेल गर्ने सहमती भइसकेको दाबी गर्नुभएको छ ।

प्रकाशित : २८ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६