प्रदेश

चुनावमा काँग्रेस बोरामा पैसा बोकेर आउँछः झलनाथ खनाल



काठमाडौं, २८ फागुन । नेकपा एकीकृत समाजवादीका नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले आगामी चुनावलाई लिएर नेपाली कांग्रेस र नेकपा एमालेका कतिपय नेताहरुले पैसाको धाक लगाइरहेको बताएका छन् ।

शनिबार नेकपा एकीकृत समाजवादी इलाम–काठमाडौं सम्पर्क मञ्चको कार्यक्रममा उनले एक्लै चुनाव जित्छु भन्नु पैसाको धाकमात्र भएको बताए ।

‘अब चुनावमा विभिन्न खालका शक्तिहरु अहिले आउँदैछन् । एउटा कांग्रेस, काँग्रेस त बोरामा पैसा बोकेर आउँछ । उनीहरुको चरित्र पनि त्यस्तै हो । हामी सबै जित्छौँ भनिरहेका छन् नि केही कांग्रेसहरुले, त्यो सबै धाक पैसाको हो । अरु केही होइन’ उनले भने ।

तर प्रधानमन्त्री शेरबहादुर देउवासहितका कतिपय नेताहरु भने सत्तारुढ गठबन्धनको एकता कायम गर्नुपर्छ भन्नेमा प्रष्ट रहेके बताए । ‘कांग्रेसभित्र दुई धार प्रष्ट छ । नेतृत्वले जे निर्णय गर्छ त्यही हुन्छ’ उनले भने ।

नेकपा एमालेले पैसाको बलमा चुनाव जित्ने दावी गरिरहेको उनले बताए । ‘एमालेको अर्को बैठक भयो, आफ्नो क्याम्पेन इलाम क्षेत्र नम्बर १ बाट गर्ने भन्ने भयो । केपी ओलीलाई ६ गते लाने रे । के हुन्छ, कति मान्छे भेला गर्छन् हेर्न बाँकी नै छ । त्यति मात्रै होइन उनीहरुले पनि बोरामा नै पैसा लाने हो’ उनले भने ।

नेता खनालले आफ्नो पार्टीसँग पैसा नभएको बताउँदै जनता र सर्वहारा वर्गको पार्टीको रुपमा नेकपा एकीकृत समाजवादी रहेको दाबी गरे ।

प्रकाशित : २८ फाल्गुन २०७८, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६