कपिलवस्तु, २८ फागुन ।
कपिलवस्तुको बाणगंगा नगरपालिकाका सबै वडाहरुमा सम्पुर्ण वडाध्यक्षहरुको नेतृत्वमा हात्तिपाईले रोग विरुद्धको आम औषधी सेवन शुभारम्भ गरिएको छ । देशैभर एकैसाथ शुभारम्भ भएको आम औषधी सेवन अभियान अन्तर्गत बाणगंगाका मेयर मंगल प्रसाद थारुले औषधी सेवन गरी वडा नं. ११ बाट शुभारम्भ गरेका थिए । त्यस्तै उपप्रमुख चक्रपाणी अर्यालले वडा नं. ४, उप सचिव बाबुराम भट्राईले वडा नं. ८ र नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले वडा नं ५ बाट अभियानको शुभारम्भ गरेका हुन् ।
टिम विभाजन गरी सम्पुर्ण वडाहरुमा औषधी खुवाउने अभियानलाई तिब्रता दिईएको नगरका स्वास्थ्य शाखा प्रमुख ठगराज पौडेलले जानकारी दिए ।
जस अनुसार आज पहिलो दिन नगरपालिकाका ९ हजार १ सय ३२ जना नगरवासीहरुलाई हात्तिपाईले रोग विरुद्धको औषधी सेवन गरेका छन् । भोली देखि ३ दिन सम्म अब नगरपालिका भित्रका विद्यालयमा गएर अभियान सञ्चालन गरिने स्वास्थ्य शाखा प्रमुख पौडेलले बताए ।
नगरका ७२ हजार जनालाई औषधी खुवाउने लक्ष्यका साथ अभियान चैत १५ सम्म सञ्चालन हुने बताईउको छ । त्यस्तै औषधी खान छुटेका अपांगता भएका व्यक्ति, अशक्तहरुको तथ्यांक संकलन गरि घरघरमै गई औषधी खुवाउने कार्य पनि सञ्चालन गरिएको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिएका छन् ।
प्रतिक्रिया