जीवनशैली

१२ औँ कपिलवस्तु महोत्सवमा नायिका मनिषा कोइराला सहित आरु को को कलाकार आउदै छन ?



कपिलवस्तु २९ फागुन ।
१२ औँ कपिलवस्तु महोत्सवमा चर्चीत भारतीय तथा नेपाली नायिका मनिषा कोइराला आउने भएकी छन । चैत्र ३ गते देखि १३ गतेसम्म कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिकाको बुद्ध रगंशालामा हुने महोत्सवमा उनी आउने भएकी हुन । मनिषा कोइरालाको आगमनले महोत्सव सफल पार्न ठुलो सहयोग पुग्ने कपिलवस्तु उद्योग बाणिज्य सघंका अध्यक्ष डोलकराम घिमिरेले बताए । उनी महोत्सवमा आई सम्बोधन गर्ने कार्यक्रम तय भएको घिमिरेको भनाई छ ।

मनिषा कोइरालासगै १२ औँ कपिलवस्तु महोत्सवमा शिव परियार, प्रमोद खरेल, प्रकाश सपुत, पशुपति शर्मा, खुमन अधिकारी , बद्री पंगेनी, प्रिति आले, सम्झना भण्डारी, रमेशराज भट्टराई, छेवाङ लामा, पुष्पन प्रधान, रचना रिमाल लगायत अन्य २ दर्जन बढि कलाकार आउने कपिलवस्तु उद्योग बाणिज्य सघंका महासचिव मनोज पौडेलले बताए ।

साथै महोत्सवको तयारी ७५ प्रतिशत सकिएको महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताए । महोत्सव एतिहासिक बनाउन नयापनको प्रयोग समेत गरिएको उनले बताए । महोत्सव सफल पार्न सरोकारवाला सबैले आआफनो ठाउबाट भुमिका खेल्न समेत उनले आग्रह गरेका छन ।

प्रकाशित : २९ फाल्गुन २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६