प्रदेश

लुम्बिनी प्रदेश: नेतृत्व खोज्दा सत्ता पल्टिने खतरा



लुम्बिनी ३० फागुन । लुम्बिनी प्रदेश सरकारको वर्तमान सत्ता पल्टिने भएपछि सत्तागठबन्धन भित्रको ‘आलोपालो सरकारको नेतृत्व’ सम्बन्धी बहस मत्थर बनेको छ। सत्ता नै संकटमा पर्ने देखिएपछि सत्ताको आलोपालो नेतृत्व गर्ने सहमति गरेका कांग्रेस र माओवादी केन्द्र यो सहमति कार्यान्वयनको पाटोबाट पछि हटेका हुन्। तत्कालीन शंकर पोख्रेल नेतृत्वको सरकार ढलेपछि गठबन्धन मार्फत माओवादीका कुलप्रसाद केसी नेतृत्वमा नयाँ सरकार गठन भएको थियो।

यो बेला प्रदेशसभाको बाँकी अवधि मध्य आधा अवधि माओवादीले सरकारको नेतृत्व गर्ने र आधा अवधि कांग्रेसले सरकरको नेतृत्व गर्ने कांग्रेस र माओवादीबीच सहमति भएको थियो। सहमति अनुसार सरकारमा माओवादीको नेतृत्व हुनुपर्ने अवधि यही फागुन सम्म मात्रै हो।

तर सरकारको नेतृत्व फेरबदल गर्न खोज्दा सत्तानै संकटमा पर्ने खतरा देखिएपछि आलोपालो सरकार हााक्ने सहमति गरेका यी दुबै दल कांग्रेस र माओवादी मन्त्री फेरबदल गर्ने तर नेतृत्व परिवर्तन नगर्ने सहमति नजिक पुगेको कांग्रेसका एक सांसदले जानकारी दिए। ‘अब नेतृत्व परिवर्तनको प्रयास गर्दा सत्ता नै संकटमा पर्ने खतरा उच्च देखिएको छ,’ ति सांसदले भने, ‘फलतः नेतृत्व परिवर्तनको बहसबाट पछि हटेर मन्त्री फेरबदलको निर्णयमा पुग्ने तयारी भैरहेको छ।’

नेतृत्व परिवर्तनको प्रयास थलनी भए गठबन्धनको सत्ता तोड्न एमाले निर्णायक बनेर उभिने दाउमा छ। उसले यो अवस्था आए गठबन्धनमै रहेको जनता समाजवादी पार्टीलाई मुख्यमन्त्रीको प्रस्ताव गरेर आफू हाबी हुने तयारी गरिरहेको छ। त्यसोत, एमाले संसदीय दलका नेता तथा निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले जसपालाई सरकारको नेतृत्व लिन र नेतृत्वका लागि एमालेले सघाउने भनेर जसपा समक्ष प्रस्ताव गरिसकेको सांसदहरु बताउँछन्।

‘तपाईहरु नेतृत्व लिनुस् , उमालेले नेतृत्वका लागि सघाउँछ भनेर निवर्तमान मुख्यमन्त्री शंकर पोख्रेलले जसपालाई प्रस्ताव गरिसकेको अवस्था छ,’ ति सांसदले भने, ‘गठबन्धन भित्र नेतृत्व परिवर्तनको प्रयास थालिए जसपा नेतृत्वका लागि अगाडी सर्ने र उसलाई एमालेले सघाउने पक्कापक्की भए सरकार भित्र फेरी एमाले हाबी हुने खतरा रहन्छ।’

यो प्रदेशसभामा सभामुख सहित कुल सांसद संख्या ८१ हो। प्रदेशसभाको बहुमत संख्या ४१ कायम हुनुपर्छ। यो प्रदेशसभाको सबैभन्दा ठूलो दल एमालेको ३६ सांसद सहित कांग्रेसका १९, सभामुख सहित माओवादीको १९, जसपाको ४, राजमोको १, स्वतन्त्र १ र नेकपा एकीकृत समाजवादीका १ सांसद छन्। तर सभामुखले सरकार निर्माणका क्रममा दुई पक्ष बराबर भएमामात्रै निर्णायक मत हाल्न पाउने प्रावधान हुन्छ।

वर्तमान सरकारको नेतृत्व परिवर्तन गर्ने कांग्रेस र माओवादीको सर्त बमोजिम गृहकार्य थालिए जसपाले सरकारको नेतृत्वको दाबी आफूले गर्ने बताउँछन्। ‘अहिलेको नेतृत्व फेरबदल गर्ने कुरा आएमा सरकारको नेतृत्व जसपाले पाउनु पर्छ,’ जसपाका लुम्बिनी प्रदेशका जसपाका लुम्बिनी प्रदेशका अध्यक्ष अशोक यादव भन्छन्, ‘हैन, भने अहिलेकै नेतृत्व कायम हुनुपर्छ।’

पूर्व सहमति अनुसार सरकारको नेतृत्व फेरबदलको प्रयास थालीए स्वाभाविकै रुपमा नेतृत्वका लागि कांग्रेसले दाबी गर्छ। तर यो बेला सत्ताको नेतृत्व नपाएको झोँकमा एमालेको ‘अफर’ लाई स्वीकारेर जसपा अगाडी बढ्न सक्ने खतरा वर्तमान सत्तालाई पर्ने देखिन्छ।

यो अवस्थामा एमालेले जसपालाई सरकारको नेतृत्वका लागि सघाएको खण्डमा यी दुबै दलको कुल मत ४० कायम हुने छ। बहुमतका लागि १ मत मात्रै कम हुने छ। केही दिन अघि मात्रै गठबन्धनबाट बाहिरिएको राष्ट्रिय जनमोर्चाको १ मतलाई एमाले र जसपाले आफ्नो पक्षमा पार्नका लागि भूमिका खेल्ने ठाउँ रहन्छ। यदी राजमोको १ मत आफ्नो पक्षमा पार्न सके वर्तमान सरकार अल्पमतका साथ ढल्छ।

यता जसपाको साथ गुमे गठबन्धनमा रहेका अन्य शक्तिहरुले मात्रै प्रदेशसभामा आफ्नो बहुमत कायम राख्न सक्ने सम्भावनै रहन्न। कांग्रेसको १९, सभामुख बाहेक माओवादी केन्द्रको १८, स्वतन्त्र १ र नेकपा एकीकृत समाजवादीका १ गरि उनीहरुको पक्षमा जम्मा ३९ मत मात्रै कायम हुन्छ। यसअघि सरकार निर्माणका लागि सहयोग गरेर राष्ट्रिय जनमोर्चा गठबन्धनबाट बाहिरिएसंगै राजमोको १ मत गठबन्धनले गुमाउने निश्चित रहन्छ।

सत्ताको नेतृत्वका लागि प्रयास थालिए जसपालाई मुख्यमन्त्रीमा सघाएर अगाडी बढ्ने तयारीमा लागेको एमालेका लागि जसपाको पक्षमा बहुमत नपुगे अझ एकल फाईदा हुने छ। गठबन्धन भित्र पनि बहुमत नपुग्ने र अर्को पक्षको पनि बहुमत नपुग्ने भएपछि संसदको ठूलो दलको नेतृत्वमा सरकार गठन गर्ने संवैधानिक प्रावधान छ। बहुमतको सरकार गठन हुन नसकेको खण्डमा संविधानतः लुम्बिनी प्रदेश सरकारको नेतृत्व संसदको ठूलो दलको रुपमा एमालेले स्वतः गर्ने छ।

यसर्थ पनि एमालेले सत्ता आलोपालाको प्रकृयालाई कुरेर बसेको एक कांग्रेस सांसदले बताए। ‘जसपालाई सघाएर अगाडी बढ्ने भनिसकेको एमालेलाई बहुमत पुर्याउन नसकेको खण्डमा पनि फाईदा हुन्छ,’ति सांसदले भने, ‘जसपा एमालेसंग गयो भने गठबन्धनभित्र बहुमत पुग्दैन, अनि अर्को तिर पनि बहुमत पुगेन भने ठूलो दलका रुपमा फेरि सरकारको नेतृत्व एमालेकै हातमा पुग्छ।’

सत्तामाथि आउन सक्ने यही सम्भावित संकटलाई मध्यनजर गर्दै आलोपालो सहमति अनुरुप अहिले नेतत्व दाबी गरिरहेको कांग्रेस मौन बनेको छ। यसअघी कांग्रेसले सत्ताको नेतृत्व माओवादीसंग माग गरिरहेको थियो।

‘सत्ता संकटमा पर्दैन भने म मुख्यमन्त्री पद छोड्न तयार छु भनेर मुख्यमन्त्रीले भन्नु भएको हो,’ ति कांग्रेस सांसदले भने, ‘तर नेतृत्व परिवर्तनका नाममा सत्तानै गुम्ने खतरा देखिएपछि नेतृत्व परिवर्तन गर्नु हुँदैन भन्ने सेन्टिमेन्ट कांग्रेसमा अहिले छ।’ अहिलेकै नेतृत्व कायम रहेको खण्डमा जसपा पनि गठबन्धनसंगै रहने र वर्तमान नेतृत्वलाई कुनै असर नपर्ने देखिन्छ। ‘नेतृत्व परिवर्तन गरिनुहुन्न, गर्न खोजिन्छ भने नेतृत्व हामीले पाउनु पर्छ भन्ने हो,’ जसपाका प्रदेश अध्यक्ष यादवले भने।

अध्यक्ष यादवले भने।

कंग्रेस सांसदहरुका अनुसार मुख्यमन्त्री कुलप्रसाद केसी मन्त्रीहरु फेरबदल गर्न तयार देखिएका छन्।

प्रकाशित : ३० फाल्गुन २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६