सरिता थारु
नेकपा एमाले निकटको यूवासंघ कपिलवस्तुले १० औ अधिबेशनवाट नयाँ नेतृत्व पाएको छ । यहि नेतृत्वले नै स्थानीयदेखि अनय तहका चुनावमा एमालेको सुरक्षा कमाण्ड सम्हाल्ने छ । सो अधिबेशनाको समुद्घाटन गर्दै राष्ट्रिय युवा संघ नेपालका केन्द्रिय सदस्य तथा लुम्बिनी प्रदेश इन्र्चाज सुमन पुरीले समाजलाई समृद्ध बनाउन युवाहरु अन्याय र अत्याचारको विरुद्धमा बोल्नुपर्ने बताउनु भएको छ । साथै उहाले उहाँले अब निर्वाचनमा फेरी नेकपा एमाले बहुमत स्थानमा जिताउनुको लागि युवा वर्गलाई एक ढिक्का भएर लाग्न आह्वान समेत गर्नुभयो । पछिल्लो समय जिल्लामा नेकपा एमाले प्रतिको जनलहरले कपिलबस्तु जिल्लाको १० वटै स्थानीय तहमा नेकपा एमालेको झण्डा फराउने विश्वास व्यक्त गर्नुभयो । राष्ट्रिय युवा संघ नेपालको १० औ जिल्ला अधिवेशनलाई प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै उहाले यस्तो बताउनुभएको हो ।

यस्तै कार्यक्रममा एमालेका केन्द्रिय सदस्य, कृषि तथा पशुपन्छी विभाग प्रमुख गिरीधारीलाल न्यौपानेले बोल्दै देशमा समाजवाद ल्याउन सक्ने पार्टी केवल नेकपा एमाले मात्रै रहेको दाबी गर्नुभयो । उहाले कम्युन्ष्टि आन्दोलनलाई धरापमा पार्न माधव कुमार नेपाल र प्रचण्ड कांग्रेसको खुट्टा ढोग्न गएको समेत आरोप लगाउनु भयो । यस्तै कार्यक्रममा केन्द्रिय सदस्य तथा कपिलबस्तु जिल्ला इन्र्चाज बलराम अधिकारीले बोल्दै नेपाली जनताको मन जित्नगरी केवल नेकपा एमालेले मात्रै काम गरेको औल्याउनुभयो ।

उहाले अहिले परमादेशी गठबन्धन सरकार भएपनि एमाले संग डराएको औल्याउनुभयो । उहाले कांग्रेस, माओवादी केन्द्र र समाजवादी दलले नेपाली जनताको सपनामाथि कुठाराघात गरेको आरोप समेत लगाउनुभयो । कार्यक्रममा राष्ट्रिय युवा सघं प्रदेश सहइन्र्चाज टुल बहादुर अधिकारी , पार्टी प्रदेश सदस्य तथा पुर्व जिल्ला अध्यक्ष झविलाल पोख्रेल, जिल्ला अध्यक्ष डम्मर शर्मा, उपाध्यक्ष विश्राम प्रसाद थारु लागएतले बोल्दै एमाले पार्टीमा प्रवेश गर्नेहरुको जनलहर चलेको बताउदै आगामी निर्वाचनमा बहुमतका साथ विजयी हुने जिकिर समेत गर्नुभयो । कार्यक्रम जिल्ला संयोजक विजय कुंवरको अध्यक्षता र दिपेन्द्र महराको संचालनमा गोरुसिंगे स्थित संगम होटेलको सभाहलमा सम्पन्न भएको हो ।









प्रतिक्रिया