जीवनशैली

जंगलवाट फर्केका प्रचण्ड कहिल्यै आफै हिडेनन् : न्यौपाने




कपिलवस्तु ३ चैत्र ।नेकपा एमालेका केन्द्रिय सदस्य गिरधारीलाल न्यौपानेले एमालेलाई सत्तामा पुग्न कुनै गठबन्धन र परमादेश नचाहिने वताउनु भएको छ ।उहाले एमाले ताजा जानदेशका आधारमा सत्तामा पुग्छ रोक्ने ताकत ५ दलिय गठबन्धनसंग छैन उहाले भन्नु भयो । माअ‍ोवादी अध्यक्षले पहिला केपि ओलीले हेपे अहिले कांग्रेसका नेताले हेप्न खोजी रहेका छन् भन्दै कार्यकर्तालाई प्रशिक्षण दिएको प्रसंग कोटयाउदै नेता न्यौपानेले भन्नुभयो आफ्नै खुटटामा टेके पो ेकसैले हेप्दैन सधै अरुका खुटटामा हिडेपछि यस्तै हुन्छ उहालेभन्नु भयो । १२ वर्षको जनयुद्धवाट फर्किएर शानितपूर्ण रुपमा आएपछि पहिला गिरीजाका खुटाामा हिडेको त्यसपछि विभिन्न नेताका खुटटाका वलमा हिडेको भन्दै कहिल्यै आफ्नै खुटटामा नहिडेका प्रचण्डलाई यसपाली पनि सहारा चाहिएको वताउनु भयो । नेता न्यौपानेले एमाले सत्ता, सरकार र सिंह दरबार त्याग्न तयार रहेको तर जनता त्याग्न कहिल्लै तयार नहुने बताउनु भयो ।
जनवर्गीय संगठन राष्ट्रिय युवा संघ नेपाल कपिलवस्तुको १० औँ जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै नेता न्यौपानेले पार्टीको अमुल्य सम्पति सम्पुर्ण जनता रहेको बताउनुभयो । पार्टीका कृषि तथा पशुपंक्षी विभाग प्रमुख समेत रहनुभएका नेता न्यौपानेले एमाले बाहेकका अन्य कम्युनिष्ट पार्टी कांग्रेसको पाउमा जानु लज्जास्पद रहेको बताउनुभयो ।उहाँले देशमा एमाले बाहेकका अन्य दलको सत्तामोह गठबन्धन र एमाले गरि दुई धुर्वको राजनिति भईरहेको बताउदै एमालेलाई हराउने गठबन्धनको सिद्धान्त रहेकाले त्यसलाई सबै मिलेर चिर्नुपर्ने बताउनुभयो । नेता न्यौपानेले माओवादी केन्द्र, एकीकृत समाजवादी गठबन्धन टुटे पछि विलय हुने डरले जस्तोसुकै देश, जनता तथा पार्टी विरुद्ध पनि काम गर्न तयार रहेको बताउनुभयो ।

उहाँले गठबन्धन टुट्ने डरले जनताको माग र आवश्यकता विरुद्ध जाने सत्तामोह पार्टीहरुलाई अब स्थानीय तहको निर्वाचनमा जनताले परिणाम देखाउने बताउनुभयो ।न्यौपानेले पार्टीलाई मजबुत र बलियो बनाई समृद्ध देश निर्माणका लागि राष्ट्रिय युवा संघ नेपालको अहम भुमिका रहेको बताउनुभयो । अब जनताहरुका आधारभुत आवश्यकता पुरा सुखी नेपाली, समृद्ध नेपालीको सपना पुरा गर्न एमालेको विकल्प नरहेको उहाँले बताउनुभयो ।न्यौपानेले ५ दलीय गठबन्धन संग एक्लै लड्न सक्ने क्षमता एमालेसंग भएकाले कुनै पनि पार्टीसंग गठबन्धन गरेर चुनावमा जाने कुरा अफवाह मात्र रहेको बताउनुभयो ।

प्रकाशित : ३ चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६