कपिलवस्तु ३ चैत्र । स्थानीय तहको निर्वाचन बैशाख ३० मा हुने तयारी तिब्र भई रहदा यसको तरङ सबै स्थानीयतहमा फैलिनु स्वभाविक हो । कपिलवस्तुमा पनि यस्तै छ । यहाको सबै भन्दा धेरै मतदाता रहेको र सबै भन्दा विकासमा अघि बढेको वाणगंगा नगरपालिकामा भने ५ वर्ष सम्म सहयात्री बनेका मेयर उपमेयर यसपाली भिडन्तको तयारीमा पुगेका छन् । उनीहरु दुबै ५ वर्षको मेलमिलापलाई अव भने महासंग्राममा रुपान्तरण गर्न पार्टीको ग्रिन सिंग्नलको प्रतिक्षामा छन् ।कांग्रेसवाट मेयर बनेका मंगल प्रसाद थारुले २०७४मा आफु उठ्न नचाहेपनि पार्टीले जवरजस्ती उठाएको वताउदै यसपाली भने आफू अन्तर आत्मादेखि नै उठ्नै पर्ने अठोट लिएकाले पार्टीले टिकट दिनै पर्ने तर्क गर्नु हुन्छ ।
उहाले भन्नु भयो हिजो म चाहिएँ अहिले किन नचाहिने ? मैले टिकट पाउनै पर्छ उहाले दावि दोहोराउनु भयो । उहाले भन्नु भयो पार्टीले मेयर दिन्न भने त्यो भन्दा माथि कहा दिन्छ ग्यारेण्टी गरे मात्र ब्याक हुन तयार छु ।यता ५ वर्ष उममेयर भएर काम गरको एमालेका नेता चक्रपाणी अर्यालले विगतमा आफूले मेयर नपाएपछि उपमेयरमा उठ्न नखोजेको वताउदै त्यतिबेला मलाई पार्टीले उपमेयर बन्न दवाव दियो । यसपाली मेयरको टिकटको स्वभाविक दावि मेरो रहन्छ उहाले भन्नु भयो । अर्यालले भन्नुभयो आफू कम्युनिष्ट पार्टीको कार्यकर्ता भएकाले पार्टी निर्णयलाई निशर्त मान्नु पर्छ । तर उपमेयर जितेर एक कार्यकाल विताएपछि अव मेयर बनेर काम गर्न पार्टीले दिन्छ भन्नेमा विश्वस्त छु ।
मानौ ठूला दल एमाले र कांग्रेसले उहाहरुलाई नै टिकट दिएभने ५ वर्षमा सहयात्री अवका चरम प्रतिस्पर्धी मात्र हुने छैनन एकले अर्कालाई धुलो चटाउने चरणमा पुग्ने छन् । विगतमा उपमयेरमा करिव ३ हजार मतान्तरले एमालेले जितेपनि मेयरमा ४ सय ९२ मतले कांग्रेसका उम्मेदवारले जितेका थिए । एमालेले ११ मध्ये ७ वडामा सिंगो सेट नै जितेको थियो । कांग्रेस र मओवादीको गठबन्धनवाट मेयरमा थारुले जितेपनि उममेयरमा माओवादी उम्मेदवारले पराजय भोगेका थिए ।
अवको चुनावी प्रतिस्पर्धामा आफ्नै कार्यकालका उपमेयरसंग प्रतिस्पर्धा गर्नु परयो भने कस्तो महशुस गर्नु हुन्छ ? भन्ने प्रश्नमा थारुले भन्नु भयो राजनीतिमा जे पनि स्वीकार्य हुन्छ । अनौठो मान्नु पर्ने के भो र ? यता अर्यालले पनि आफूले टिकट पाएर चुनाव लड्ने पार्टीका तर्फवाट भएकाले यो ब्यक्तिगत टकराव होइन पार्टीगत हो भन्ने बुझ्नु पर्ने वताउनु भयो । पार्टीले टिकट नदिएपनि दृढता पूर्वक लाग्ने भएकाले भिडन्त को संग कसको हुन्छ भन्ने आफूले स्वभाविक रुपमा लिने तर्क गर्नु भयो । टिकट पाए भिडने हो जो आएपनि हराउने दृढ विश्वास छ म ढुक्कछु अर्यालले भन्न्नु भयो ।








प्रतिक्रिया