अन्तर्राष्ट्रिय

आज २३ औँ दिन हुदा पनि अझै रुस–युक्रेन युद्ध चल्दै, राजधानी किएभसहित विभिन्न सहरमा रुसी आक्रमण



रुसले युक्रेनमा आक्रमण सुरु गरेको आज शुक्रवार २३ औँ दिन पनि लडाइँ चलिरहेको छ । रुसी सेनाले युक्रेनको राजधानी किएभसहित विभिन्न सहरमा आक्रमण गरिरहेकाे छ । 

रुसी आक्रमणबाट युक्रेनमा सर्वसाधारणसहितको ज्यान जानुको साथै भौतिक संरचनाहरू तहसनहस भएका छन् । यस्तै रुसी सेनातर्फ पनि धेरै क्षति भएको युक्रेनले दाबी गरेको छ । युक्रेनका रक्षा मन्त्रीले अहिलेसम्म १४ हजार दुई सयभन्दा धेरै रुसी सेनाको ज्यान गएको बताउनुभएको बीबीसीले जनाएको छ । तर दुवैतर्फ भएको क्षतिको स्वतन्त्र पुष्टि भने हुन सकेको छैन । 

यस्तै युक्रेनले रुसी सेनाको चार सय ५० वटा ट्याङ्क, ९३ वटा विमान र एक सय १२ वटा हेलिकप्टर ध्वस्त बनाएको दाबी गरेको छ । यस्तै ४३ वटा विमानभेदक प्रणाली बिगारिदिएको युक्रेनको दाबी छ ।

यस्तै ल्भिभमा रहेकाे विमानस्थल नजिकै रहेको एउटा भवनमा रुसले हवाई आक्रमण गरेको विवरण प्राप्त भएको पनि बीबीसीले लेखेकाे छ ।

यसैबीच युक्रेन युद्ध सुरु भएयता २० लाख मानिसहरू युक्रेनबाट भागेर पोल्यान्ड पुगेको त्यहाँको सीमा रक्षा निकायले जनाएको छ । त्यसमध्ये धेरैजसाे महिला र बालबालिका रहेका छन् । 

यस्तै पोल्यान्डबाट पाँच लाखभन्दा बढी व्यक्ति अन्यत्र गइसकेका छन् । धेरैजसाे मानिसहरू वार्स र क्राकाउ जस्ता ठूला सहरमा रहेका र त्यहाँका अधिकारीहरूले आवास उपलब्ध गराउने आफ्नो क्षमता कटिसकेको जनाएका बीबीसीले जनाएकाे छ । 

प्रकाशित : ४ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६