खोज–अनुसन्धान

१२ औ कपिलबस्तु महोत्सवमा चौथो दिन १२ लाख बढीको आर्थिक कारोवार



सरिता थारु,
कपिलबस्तु ६ चैत । १२औ कपिलवस्तु महोत्सव एवं कृषि, पर्यटन तथा औद्योगिक प्रदर्शनी २०७८ को आईतबार चौथो दिन दर्शकहरुको उत्साहजनक उपस्थिती रहेको आयोजकले जनाएको छ । महोत्सवमा चौथो दिन आईतबार ५ हजार बढी र्दकहरुले महोत्सवको अवलोकन गरेका छन् भने १२ लाख बढी आर्थिक कारोबार भएको महोत्सव महोत्सवका निर्देशक छवि रेश्मी मगरले बताउनुभएको छ । यता महोत्सवमा सबैभन्दा आकर्षक कार्यक्रम अन्तरगत १० औ कपिलबस्तु डान्स आईडलका प्रतिस्प्रर्धीहरुको समेत प्रस्तुती रहेको छ ।

यता सांस्कृतीक कार्यक्रम अन्तरगत आईतबार गायक प्रमोद खरेल, लोक गाएक विक्रम बाबु विश्वकर्मा, बर्षा थापा लगाएतका गायक तथा कलाकारको प्रस्तुति रहेको थियो भने सोमबार हेमन्त शर्मा लगाएत राष्ट्रिय तथा स्थानीय कलाकारहरुको प्रस्तुती रहने आयोजकले जनाएको छ । महोत्सवमा यस वर्ष दर्शकको प्राथामिक उपचारको पनि ब्यवस्था गरिएको छ ।विद्यार्थीहरुलाई भने परिचय पत्रको आधारमा छुटको ब्यवस्था गरिएको छ । महोत्सव जिल्लाबासीको साझा पर्व भएकाले बुद्ध रंगशालामा आई अवलोकन गर्न पनि आयोजकले सबैलाई अनुरोध गरेको छ ।

यता बुद्धआवाज टेलिभिजनले हरेक दिन सांझ ८ बजे महोत्सव अवधिभर नै महोत्सवको छयांकन गरि प्रसारण गर्दै आएको छ । यसैविच हाम्रा सहकर्मी महोत्वस व्यवस्थापनमा के कस्ता कार्यहरु भईरहेका छन भनेर विभिन्न उपसमितीका संयोजकलाई सोध्नुभएको छ ।

प्रकाशित : ६ चैत्र २०७८, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६