अर्थ-वाणिज्य

बिधार्थीको झगडालाई साम्प्रदायिक रुप, विद्यार्थी र प्रहरी दुबै घाइते, ३ दिन विद्यालय बन्द गर्ने निर्णय




कपिलवस्तु ७ चैत्र । कपिलवस्तुमा रहेको एक नमुना विद्यालय नै विद्यार्थी र अभिभावकहरु बीचको झडपले अशान्त बनेको छ । विद्यालयमा उत्पन्न विवादले उग्र रुप लिएपछि पठनपाठन नै ठप्प भएको छ । विजयनगर गाउँपालिका–१ गुगौली स्थित दुधाधारी नमुना माध्यमिक विद्यालयमा आइतबार भएको झडपछि असुरक्षाका कारण ३ दिनका लागि बन्द गरिएको छ । आइतबार दिनभर तनावग्रस्त बनेको विद्यालय सोमबार सुनसान रहेको छ ।
विद्यालयमा रहेका विद्यार्थी तथा उनीहरुको अभिवागकहरुको दुई समूह बीच भएको झडपले असुरक्षित महशुस गर्दै अभिभावकहरुले नै विद्यार्थी नपाउने भएपछि विद्यालय बन्द गरिएको विद्यालयले जनाएको छ । उत्पन्न विवाद समाधान नहुँदासम्म पठनपाठन गर्ने वातावरण नभएको भन्दै ३ दिनका लागि बन्द गर्ने निर्णय गरिएको प्रधानाध्यापक सुकदिप प्रसाद कोरीले जानकारी दिए ।
आइतबार दुई समूह बीचको झगडाले विद्यालयमा रहेका भौतिक संचरना, फर्निचर तथा कम्युटर लगायतमा तोडफोड भएको उनले बताए । झडपपछि उत्पन्न विवाद समाधानका लागि विद्यालय व्यवस्थापन समिति, स्थानीय जनप्रतिनिधि लगायतसँग संयुक्त रुपमा छलफलको प्रयास भैरहेको उनले कोरीले बताए ।
इलाका प्रहरी कार्यालय गणेशपुरका प्रमुख रणबहादुर विष्टले विद्यार्थीहरु बीच उत्पन्न विवादले उग्र रुप लिँदा साम्प्रदायिक दाउपेचतर्फ मोडिएको उल्लेख गरेका छन् । विद्यार्थी र अभिभावकहरु नै आक्रमणमा उत्रिँदा पहाडी र मधेशी बीचको द्वन्दको रुपमा अवस्था सिर्जना भएको गुनासो गरे । घटना साम्प्रदायिक द्वन्दतर्फ मोडिने खतरा बढेको छ । उक्त घटनाको छानविन र सहमतिका लागि स्थानीय जनप्रतिनिधिहरुसँग छलफल र प्रयास भइरहेको बताए ।
गएको बुधबार फागुन २ गते कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु बीच भएको सामान्य विवादले आइतबार उग्र रुप लिएको हो । आइतबारको घटनामा दर्जनबढी सुरक्षाकर्मी घाइते भएको प्रहरीले दाबी गरेको छ । यसैगरी केही विद्यार्थी तथा अभिभावकहरु समेत घाइते भएको ईलाका प्रहरी कार्यालय गणेशपुरले जनाएको छ ।

प्रकाशित : ७ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६