प्रदेश

तराई ठगी खाने भाँडो बन्योः ओली



काठमाडौं ९ चैत । नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले तराई विभिन्न बहानामा ठगी खाने भाँडो भएको टिप्पणी गरेका छन् । मंगलबार राजधानीमा अयोजित पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले तराई मधेसका मुद्दाका नाममा कतिपयले जनतालाई ठग्ने गरेको आरोपसमेत लगाएका हुन्।

अध्यक्ष ओलीले तराई–मधेसमा एमालेविरुद्ध फैलाइएको भ्रम निवारण भएको बताउँदै मधेसको विकासमा आफ्नो पार्टीले महत्वपूर्ण भूमिका निर्वाह गरेको दाबी गर्दै भने, ‘मधेसमा द्वन्द्व उद्योग स्थापना गरिए पनि त्यो सफल हुन पाएन । हुलाकी राजमार्ग र काठमाडौं–मधेस दु्रतमार्ग निर्माणको काम हाम्रै नेतृत्वको सरकारले गरेको हो ।’

तराईको विकासमा आफूले सरकारमा रहँदा विशेष ध्यान दिएको बताउँदै उनले शिक्षा, स्वास्थ्य, बाटोलगायतका विषयमा प्रशस्त काम गरेको दाबी गर्दै भने, ‘जय मधेस भन्ने नै एमालेले हो । मधेसको जय गर्ने एमालेले हो । जय मधेस गर्ने ठाउँमा साथीहरू आइपुग्नुभएको छ । ढुक्क हुनुस् अब जय मधेस । मधेसले समृद्धि खोजेको छ, त्यसको नेतृत्व एमालेले गर्छ ।’

पछिल्लो समय मधेसका ठूला र प्रभावशाली राजनीतिक व्यक्ति तथा जनप्रतिनिधिहरू एमाले प्रवेश गरिरहेका बेला ओलीले अब मधेसको नेतृत्व एमालेले गर्ने दाबी गरे । आफ्नो सरकार विस्थापित गरेर बनेको अहिलेको सरकारले विकास निर्माणको काम अघि बढाउन नसकेको आरोप लगाउँदै एमाले अध्यक्ष ओलीले देशको विकास एमालेले मात्र गर्न सक्ने दाबी गरे ।
आजको नेपालसमाचार पत्रमाा खबर छ ।

प्रकाशित : ९ चैत्र २०७८, बुधबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६