खोज–अनुसन्धान

प्रश्नको जवाफ दिदै विप्लवले भने चुनाववाट बिमुख हुदा जनतावाट अलग भइन्छ




कपिलवस्तु १० चैत्र। नेकपाको बैठकमा पेश भएको राजनैतिक प्रतिबेदनमाथि उठेका प्रश्नको जवाफ दिदै नेत्र बिक्रम चन्द विप्लवले चुनाववाट बिमुख हुदा जनतावाट अलग भइने वताउनु भएकोछ।नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव विप्लवले पार्टीको बैठकमा उठेका प्रश्नको जवाफ दिदै यस्तो वताउनु भएको हो। ६ दिन अघि कपिलवस्तुमा सुरु भएको नेकपाको बैठकमा केन्द्रीय सदस्यहरुले राखेका धारणको महासचिव विप्लवले बिहीबार जवाफ दिनु भएको हो ।
विप्लवले जवाफ दिएपछि उहाको राजनीतिक प्रतिवेदनलाई पारित गरेर बैठक आज नै सकिएकोछ । महासचिव विप्लवले आफ्नो राजनीतिक प्रतिवेदनमा आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सहभागी हुनु पर्ने उल्लेख गर्नु भएकोछ । बैठकमा केन्द्रीय सदस्यहरुले त्यसको विरोध जनाएका थिए । निर्वाचनमा सहभागी हुने वा नहुने भन्नेमा नेकपा दुई धारमा विभाजन भएपछि बैठक लम्बिएको थियो । बैठकमा ६९ जना केन्द्रीय सदस्य र ४ जना सल्लाहकारको सहभागिता रहेको छ ।

प्रकाशित : १० चैत्र २०७८, बिहिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६