काठमाडौं ११ चैत । नेपाल पपुवा न्यूगिनीविरुद्धको एक दिवसीय क्रिकेटमा ६ रनले पराजित भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा जितका लागि २९३ रनको लक्ष्य पछ्याएको नेपालले ५० ओभरमा ८ विकेट गुमाएर २८६ रन मात्र बनाउन सक्यो । एक दिवसीय क्रिकेटमा अहिलेसम्मकै उच्च स्कोर बनाए पनि पीएनजीसँग नेपालको पहिलोपटक हारेको छ ।
आजको खेलमा हारेपनि नेपालमा युवा ब्याट्सम्यान रोहितकुमार पौडेलले भने तीन कीर्तिमान बनाएका छन् । उनले पहिलो एकदिवसीय शतक प्रहार गरेका छन्। पपुवा न्युगिनीविरूद्धको पहिलो एकदिवसीय खेलमा रोहितले आफ्नो करिअरको पहिलो शतक प्रहार गरेका हुन्।
रोशितले एकदिवसीय अन्तराष्ट्रियमा सर्वाधिक रनको साझेदारी, एकै इनिङमा सर्वाधिक रन र एकदिवसीय अन्तराष्ट्रियमा नेपालकै लागि सर्वाधिक रनको कीर्तिमान बनाएका हुन् ।
यो नेपालका लागि दोस्रो एकदिवसीय शतक हो। नेपालका लागि पहिलो शतकको कीर्तिमान पूर्वकप्तान पारस खड्काको नाममा छ। पारसले सन् २०१९ मा युएईविरूद्ध शतक हिर्काउँदै नेपालका लागि पहिलो एकदिवसीय शतकको कीर्तिमान बनाएका थिए। सो खेलमा पारसले ११५ रन प्रहार गरेका थिए।
प्रतिक्रिया