प्रदेश

विरासत गरेको काँग्रेस पार्टी अव कपिलवस्तुमा पतन हुने दिन आयो : घिमिरे



कपिलवस्तु २५ चैत ।

विकास नगरी विरासत गरेको काँग्रेस पार्टी अव कपिलवस्तुमा पतन हुने एमाले पोलिटव्युरो सदस्य विमला घिमिरेले बताउनु भएको छ । नेकपा एमाले बुद्धभूमि नगर निर्वाचन सम्पर्क कार्यालयको समुद्घाटन कार्यक्रममा बोल्दे नेता घिमिरेले काँग्रेसलाई जताबाट टेका लगाए पनि पराजय भोग्ने निश्चित रहेको बताउनु भयो ।

सम्बोधनका क्रममा गठवन्धनको सरकार बनेका दिन देखी देशमा विकासको कुनै काम नभएको बताउनु भयो । गठवन्धन सरकार रहीरहयो भने खाना पकाउने ग्यासको मुल्य २५ सय पुराउने दाबी गर्नु भयो । सरकार बने देखी सबै बढेको छ । घटने भनेको केही छैन । खानेतेल ३ सय नाध्यो, हरेक बस्तु आधा महंगो भएको छ । यो सरकार नभएर जनता लुट्ने लुटेरा भएको बताउनु भयो ।

कार्यक्रममा बोल्दै एमाले केन्द्रीय सदस्य तथा कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले पार्टीले कार्यकताको भावना समेट्ने गरी उम्मेदवार खडा गर्ने बताउनु भयो । पार्टीको काममा खटेका लगनशिल, कार्यकर्ता माझमा प्रिय नेता नै एमालेको उम्मेदवार हुने आश्वासन दिनु भयो ।
उद्घाटन कार्यक्रममा कपिलवस्तु क्षेत्र नम्बर २ का सांसद बृजेश कुमार गुप्ताले एमालेले गरेका कामको प्रचार गर्न कार्यकर्ताहरुलाई निर्देशन दिनु भयो ।

कार्यक्रममा प्रदेश सभा सदस्य तथा पूर्व मन्त्री धरम बहादुरलाल श्रीवास्तव, खुम आचार्यले मन्तव्य दिनु भएको थियो । कार्यक्रम एमाले बुद्धभूमि अध्यक्ष देवि बेल्वासेको अध्यक्षता र सचिव धुव्र न्यौपानेको संचालनमा सम्पन्न भएको थियो ।

प्रकाशित : २५ चैत्र २०७८, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६