जीवनशैली

सबै सेवा पाउनु जन्ताको मौलिक अधिकार हो : भण्डारी



राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतन्त्र स्थापना भएपछि नेपालीका लागि स्वास्थ, शिक्षा र सामाजिक न्याय पाउनु जनताको मौलिक अधिकार भएको बताएकी छिन्।

रौतहटको माधव नारायण नगरपालिका–३ मा निर्माण भएको गजेन्द्र स्मृति अस्पतालको आइतबार उद्घाटन गर्दै उनले स्व गजेन्द्रनारायण सिंहको सपना साकार भएको स्मरण गरिन्।

राष्ट्रपति भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र किसान आन्दोलनमा सिंहको अग्रणी भूमिका रहेकाले उनकै नाउँमा निर्माण गरिएको अस्पतालबाट स्थानीयले सेवा, सुविधा लिएपछि सिंहको नाम अमरत्व प्राप्त गर्ने बताइन्।

एक अर्को प्रसङ्गमा उनले भनिन्, ‘किसानको लागि मल, सिँचाइ, माछापालन, तरकारी खेती, फलफूल खेती व्यवस्थित, चुरे क्षेत्र संरक्षण, भूमिगत जलस्रोत र धार्मिक पर्यटन सुदृढ बनाइ आर्थिक उन्नतिको लागि तीनै तहको सरकारले पहिलो प्राथमिकतामा राख्नुपर्छ।’

पूर्वउपप्रधानमन्त्री तथा सङ्घीय सांसद राजेन्द्र महतो, सङ्घीय सांसद अनिलकुमार झा, मधेस प्रदेश प्रमुख हरिशङ्कर मिश्र, आयोजक संस्थाका अध्यक्ष दिगम्बर झा, प्रदेशमन्त्री नवलकिशोर साह, भारतीय महावाणिज्य दूत नितेशकुमार, डा. प्रभुप्रसाद साहलगायत वक्ताले स्व सिंहको जीवनीबारे आ–आफ्ना धारणा राखेका थिए।

सङ्घीय सांसद अनिलकुमार झाको संसदीय विकास कोष र भारतीय दूतावासको लगानीमा अस्पताल निर्माण भएको जनाइएको छ।

प्रकाशित : २८ चैत्र २०७८, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६