जीवनशैली

नदिमा डुवेर एक बालिकाको मृत्यु



ओखलढुङ्गा ३ बैशाख – लिखु नदिमा डुवेर ओखलढुङ्गाकी एक बालिकाको ज्यान गएको छ । चम्पादेवी गाउँपालिका–२ पलापुका भोजबहादुर मगरको नौ वर्षीया छोरी अञ्जुली मगरको शुक्रबार डुवेर मृत्यु भएको हो ।

शुक्रबार साथिहरु सँग लिखु नदिमा नुहाउने क्रममा डुवेर अञ्जुलीको ज्यान गएको ओखलढुङगा प्रहरीले जनाएको छ ।

लडेर बृद्धाको मृत्यु

सिद्धिचरण नगरपालिका–८ सल्लेरीका ८९ वर्षीय बलराम तामाङ्गको लडेर ज्यान गएको छ । गाउँ नजिकैको चम्पादेवी मन्दीरमा पुजाका लागि जानेक्रमा लडेर तामाङ्गको ज्यान गएको हो । लडेर गम्भीर घाईते भएका तामाङलाई ओखलढुङ्गा सामुदायिक अस्पतालमा उपचारका लागि लैजाने क्रमममा बाटोमै मृत्यु भएको ओखलढुङ्गा प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुकदेव खनालले जानकारी दिनुभयो । घटनाका विषयमा थप अनुसन्धान भईरहेको खनालले जानकारी दिनुभयो ।

प्रकाशित : ३ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६