प्रदेश

माओवादी केन्द्र दाङका इन्चार्ज जीवन गौतमले दिए राजीनामा



दाङ, ०५ वैशाख । नेकपा माओवादी केन्द्रका दाङ जिल्ला इन्चार्ज जीवन गौतमले पार्टीबाट राजीनामा दिएका छन् । सोमबार घोराहीमा पत्रकार सम्मेलन गर्दै उनले राजीनामा दिएको घोषणा गरेका हुन् । उनी घोराही उपमहानगरपालिका मेयरका दाबेदार थिए । गौतम २०७४ सालको स्थानीय तह निर्वाचनमा घोराही उपमहानगरपालिकामा नेकपा माओवादी केन्द्रको तर्फबाट उम्मेदार बनेका थिए । त्यतिबेला पराजित भएका उनी मतका हिसाबले तेस्रो स्थानमा रहे ।

२०७४ सालको निर्वाचनमा पार्टीको तर्फबाट कोही चुनाव लड्न तयार नभएका बेला आफूले उम्मेदवारी दिएको गौतमले बताए । अहिले नेकपा माओवादी केन्द्र कम्युनिस्ट पार्टी नरहेको उनले टिप्पणी गरे । माओवादीले कम्युनिस्ट आदर्श गुमाइसकेको गौतमले बताए । तत्काल कुनै पार्टीको सदस्‍यता नलिने उनले बताए । उनी नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसमेत हुन् ।

उनले नेकपा माओवादी केन्द्रमा लामो समय गुटबन्दी र गैर कम्युनिष्ट चरित्र बढ्दै गएपछि आफूले पार्टी भित्र बस्न नचाहेको बताए । ‘निर्वाचनको मुखमा यो प्रवृति झन् बढ्दै गएपछि मैले स्वाभिमान जोगाउन पार्टी परित्याग गर्ने निर्णयमा पुगे’ उनले भने ।
यता, नेकमा माओवादी केन्द्रले घोराही उपमहानगरपालिको मेयरमा हेमराज शर्माको नाम अगाडि सारेपछि पार्टीभित्र असन्तुष्टि बढ्दै गएको थियो । सोही क्रममा स्थानीय तहको निर्वाचनको मुखमा गौतमले राजीनामा दिएका छन् ।

प्रकाशित : ५ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६