प्रदेश

तिवारीको निधन प्रति एमालेद्धारा श्रद्धाञ्जली ब्यक्त




कपिलवस्तु, वैशाख १७
नेकपा (एमाले) कपिलवस्तुले नेकपा (एमाले) बुद्धभूमि वडा नं. ८ का वडा सचिव, एमालेको तर्फबाट बुद्धभूमि नगरपालिका वडा नं. ८ का उम्मेद्वार ओम प्रकाश तिवारीको दुःखद् निधन प्रति शोक विज्ञप्ती मार्फत श्रद्धाञ्जली ब्यक्त गरेको छ । नेकपा (एमाले) कपिलवस्तुका जिल्ला अध्यक्ष डम्मर शर्माद्धारा जारी शोक विज्ञप्तीमा एक असल, होनहार पार्टी कार्यकर्ताको दुःखद् निधनबाट पार्टीलाई अपुरणिय क्षती पुगेको विज्ञप्तीमा भनिएको छ । जिल्ला अध्यक्ष शर्माद्धारा जारी विज्ञप्तीमा स्व. ओम प्रकाश तिवारी प्रति भावपूर्ण श्रद्धाञ्जली प्रकट गर्दै शोक सन्तप्त परिवारजन प्रति गहिरो समवेदना ब्यक्त गर्दछौं भनिएको छ । हरिहरपुर, कपिलवस्तु निवासी ओम प्रकाश तिवारीको ४१ वर्षको उमेरमा उपचारको क्रममा शुक्रबार निधन भएको हो ।
यसै बीच नेकपा (एमाले) बुद्धभूमि न.पा. वडा नं. ८ का वडा सचिव हरिहरपुर निवासी स्व.ओम प्रकाश तिवारीलाई स्थानिय पचगैया नदीमा हिन्दु परम्परा अनुसार शनिवार अन्तिम दाहसंस्कार गरिएको छ । नेकपा (एमाले) केन्द्रिय सदस्य एवम् कपिलवस्तु इन्चार्ज बलराम अधिकारीले स्व. ओम प्रकाश तिवारीलाई पार्टीको झण्डा ओढाएर अन्तिम श्रद्धाञ्जली दिनु भएको हो । स्व. तिवारीलाई श्रद्धाञ्जली दिन नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य एवम् राष्ट्रिय सभा सदस्य बिमला घिमिरे, एमाले नेता, वृजेश कुमार गुप्ता, एमाले जिल्ला अध्यक्ष डम्मर शर्मा, एमाले लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य झविलाल पोख्रेल, कृष्ण पौडेल लगायतका पार्टीका नेता, कार्यकर्ता, शुभेच्छुकहरुको उपस्थिती रहेको एमाले बुद्धभूमिले जनाएको छ ।

प्रकाशित : १७ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६