जीवनशैली

बुड्ढी डि बलक लाई लालपुर्जा नबाड्ने जनप्रतिनिधि फेरि भोट माग्न आउदैछन्




कपिलवस्तु, २३ वैशाख ।
सुकुम्वासी र भुमिहिनलाई लालपुर्जा दिने आश्वासन दिएको बुद्धभूमिका मेयर र नगरप्रवक्ता पवन चौधरीले डि–बलक जग्गाको लालपुर्जा दिन कुनै पहल नगरेको आरोप लागेको छ । नापी भएको वर्षौ वित्दा समेत बुद्धभूमि नगरपालिका वडा नम्बर ४ मा डि–बलक जग्गाको लालपुर्जा वितरण गर्न कुनै चासो नदिएको स्थानीयको दावि रहेको छ । बुद्धभूमिका मेयर र वडा नम्बर ४ का अध्यक्ष तथा नगरप्रवक्ताले स्थानीयमा समस्या प्रति कुनै चासो नदिएको बताइएको छ ।
एमालेको तर्फ बाट वडा नम्बर ४ वडा अध्यक्षका उम्मेदवार सुशिल चौधरीले नेपाली काँग्रेसले जिते पछि जनतालाई बेवास्था गरेको कारणले लालपुर्जा वितरणमा चासो नदिएको बताउनु भयो । चौधरीले भन्नु भयो अरु वडामा लालपुर्जा पाए तर नगरपालिकाको केन्द्र रहेको बडा नम्बर ४ ले अहिले सम्म पाएका छैनन् । अव मेरो कार्यकालमा पुर्जा बाड्ने काम सुरु हुन्छ ।
वडा नम्वर ४ मा जनप्रतिनिधिले पहल नगर्दा लालपुर्जा नपाए पनि बुद्धभूमि २ मा भने ३ वर्ष अगाडी डि–बलकको जग्गा वितरण सम्पन्न भएको छ । केही छुट भएका र विवाद भएका समेत समाधान गरि प्रकृया अगाडी बढेको बुद्धभूमि नगरपालिका वडा नम्बर १ का अध्यक्ष भेषराज शर्मा खनालले बताउनु भयो ।

प्रकाशित : २३ बैशाख २०७९, शुक्रबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : presspationline@gmail.com

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६