कपिलवस्तु, २३ वैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नंं ११ का वडाध्यक्ष पदका उम्मेद्वार चेतनारायण ढकालले कृषिमा आत्मनिर्भर बनाउने लक्ष्य रहेको बताउनुभएको छ । नेकपा एमालेको तर्फबाट वडाध्यक्ष पदका उम्मेद्वार ढकालले वडामा धेरै जनता कृषिमा आश्रित भएकाले कृषिमा आधुनिकिकरण गरि व्यवसायीक कृषि तर्फ जोड दिने बताउनुभएको हो ।
२०४६ सालबाट पार्टीको संगठित सदस्य भई विद्यार्थी राजनीति मार्फत राजनीति सुरु गर्नुभएका ढकाल त्यतिबेलाको आन्दोलनमा जेल पनि पर्नुभएको थियो । २०४७ सालमा पार्टी सदस्यता लिनुभएका ढकाल पार्टीका हरेक कार्यक्रममा पुग्ने पार्टीका जिम्मेवारी कुशलतापुर्वक पुरा गर्दै आउनुभएको छ ।
पार्टीको जनवर्गीय संगठन राष्टिय युवा संग नेपालको जिल्ला सचिवालय सदस्य, पार्टीको तत्कालिन ईलाका कमिटिमा पनि रही काम गर्नुभएका युवा व्यक्तित्व ढकाल अहिले वडा कमिटिको अध्यक्ष भई जिम्मेवारी सम्हाल्नुभएको छ । त्यस्तै आदर्श सामुदायिक वनको अध्यक्ष भएकाले पनि ब्यबस्थापन पक्षको राम्रो अनुभव उहाँसंग छ ।
वडाध्यक्षमा निर्वाचित भएसंगै उम्मेद्वार ढकालले वडाका धेरै नागरिक कृषि पेशा अंगालेकाले सिंचाईको व्यबस्था गरि व्यवसायीक कृषि तर्फ पहिलो प्राथमिकता दिने अठोट लिएको बताउनुभयो ।
आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गर्दै मतदाता भेटघाट तथा घरदैलो कार्यक्रममा वडावासीका आवश्यकता तथा मागलाई सम्बोधन गर्न ब्यस्त हुनुभएका ढकालले यस अघिका वडाध्यक्ष लगायत जनप्रतिनिधिहरुले नगरेका र अधुरा काम गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । वडामा अझै पनि गुणस्तरीय सडक बन्न नसकेकाले त्यस तर्फ ध्यान जाने, गुणस्तरीय शिक्षा प्रदान गर्नका लागि अहोरात्र खट्ने ढकालले बताउनुभएको छ । संयौ कार्यकर्ताको उपस्थितीमा घरदैलो तथा मतदाता भेटघाट कार्यक्रम भईरहेकाले थप हौसला मिलेको बताउदै वडावासीको सेवा गने अवसर प्रदान गर्न आग्रह गर्नुभएको छ ।
वडाका गरिव, विपन्न, अपांगता भएका परिवार, ज्येष्ठ नागरिक, महिला, दलित हरेक समुदायलाई समावेश गरि वडाका हरेक क्रियाकलाप सञ्चालन गर्ने उहाँले बताउनुभयो । वडाध्यक्ष पदको उम्मेद्वारको रुपमा युवालाई पाउँदा मतदाताहरु विकासको आशा गर्दै खुसी भएका छन् । ढकाल युवावर्गहरुको रोजाई लोकिप्रय व्यक्तिको रुपमा परिचित हुनुहुन्छ । वडाध्यक्ष पदका उम्मेद्वार ढकालसंगै महिला वडा सदस्यमा यम कुमारी गाहा, दलित महिला सदस्यमा साबित्रा परियार, वडा सदस्यमा बाबुराम शर्मा र रिखिराज थारु चुनावी मैदानमा उत्रीनुभएको छ ।
प्रतिक्रिया