हरि घिमिरे, २४ वैशाख ।
बाणगंगा नगरपालिका वडा नंं ११ का वडा अध्यक्षका उम्मेद्वार सोमनाथ अर्यालले कृषिकलाई अनुदान दिएर वडा न. ११ लाई कृषि पकेट क्षेत्र बनाउने बताउनु भएको छ । कृषि उत्पादनको प्रयाप्त संम्भावना रहेको यस क्षेत्रमा हरेक कृषकलाई उत्पादनमुखि बनाएर आर्थिक विकासको लक्ष्य रहेको उहाँले बताउनु भयो । घरदैलो तथा मतदात भेटघाटमा बोल्दौ वडा अध्यक्षका उम्मेद्वार अर्यालले यस्तो बताउनु भएको हो । उहाँले योजनामा रहको अधुरा कामलाई पुरा गर्न आफु पुर्न वडा अध्यक्षमा उठेको बताउनु भयो । पार्टीले आफुलाइ पुनः वडा अध्यक्षका रुपमा अघि सारेकाले वडालाई समृद्ध बताउदै सबैसङ्ग हातेमालो गरेर अघि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभएको छ ।
यो भन्दा अगाडी वडा अध्यक्षमा रहदा आफुले गरेका राम्रा कामको जनताले मुल्याङकन गरेको बताउदै लामो समयसम्म समाजसेवा गरेका उम्मेद्वार भएकाले जित निश्चित हुने वडावासीले बताएका छन् । उमेदारमा अर्यालल सहित वडा सदस्य धुव चन्द्र थारु, गंगा राम मगर महिला वडा सदस्य लक्ष्मी थारु,दलित महिला सदस्य तिलकुमारी परिवार सहित चुनाव प्रचार प्रसार तथा घरदैलो अभियानमा वडा न.ं ११ का पार्टी कार्यकर्ताहरुको बाक्लो उपस्थिती रहेको थियो । वडा बिकासका लागी उम्मेद्धवार घोषणा पत्र र शुभकामना पत्र लिएर उमेदवारहरु घरदैलो गरेका हुन । उम्मेदवारलाई जिताउन पार्टी नेता तथा कार्यकर्ताले घरदैलो सुरु गरेका हुन ।
बाणगंगा नगरपालिकामा चार दलिय गठबन्धन नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजावदी, जनता समाजवादी र राष्ट्रिय जनमोर्चा गठबन्धनका साझा उम्मेद्धारहरुले जनताको घरघरमा गई चुनाव प्रचार प्रसार अभियानलाई तिब्रता दिएको छ । चारदलीय गठबन्धनले कपिलवस्तुको बाणगंगामा मेयर र उपमेयर सहित ११ वटै वडामा भागबण्डा गरी चुनावी मैदानमा छ । बैशाख ३० गते हुने स्थानीय तहका मेयर, उपमेयर, वडा अध्यक्ष सदस्यका उम्मेदवार लगाएत पार्टी नेता कार्यकर्ताहरुले टोलीले चुनावी अभियानमा जुटेका छन् ।
२४ बैशाख २०७९, शनिबार
प्रतिक्रिया