प्रदेश

नवौँ राष्ट्रिय खेलकुदको नारा, लोगो र मस्कट सार्वजनिक



काठमाण्डौ, २४ वैशाख । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताको नारा, लोगो र मस्कट सार्वजनिक गरिएको छ । राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आज कार्यक्रम गरी गण्डकी प्रदेशमा हुने नवौँ राष्ट्रिय खेलकुदको नारा, लोगो र मस्कट सार्वजनिक गरेको हो ।

युवा तथा खेलकुदमन्त्री महेश्वर गहतराज र राखेप सदस्य सचिव टङ्कलाल घिसिङले लोगो र मस्कट सार्वजनिक गर्नुभयो । नवौँ राष्ट्रिय खेलकुदका लागि ‘एकताबद्ध देश, खेलकुदको सन्देश’ नारा तय गरिएको छ ।

नारा सुयोग्यराज काफ्लेले रचना गरेका हुन् । त्यस्तै खुला प्रतिस्पर्धाबाट भोलानाथ पौडेलले डिजाइन गरेको लोगो र मस्कट सार्वजनिक गरिएको छ । पौडेल लोगोबापत ५० हजार र मस्कटको २५ हजार तथा नारा रचना गर्ने काफ्लेले १० हजार रुपैयाँ प्राप्त गरेका छन् । छनोट समितिमा मस्कट ३ वटा, लोगो १३ वटा र नारा ७ वटा प्राप्त भएका थिए । नवौँ राष्ट्रिय खेलकुद आउँदो जेठ २२ देखि २८ गतेसम्म हुनेछ ।

प्रकाशित : २४ बैशाख २०७९, शनिबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६