प्रदेश

तीन दिन सीमा नाका बन्द



स्थानीय तह निर्वाचनलाई लक्षित गर्दै बैतडीमा तीन दिन सीमानाका बन्द गरिने भएको छ। भारतसँग सिमाना जोडिएको बैतडीको झुलाघाट नाका २७ गते राती १२ बजेदेखि ३० गते राती १२ बजेसम्म बन्द गरिने जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

आसन्न स्थानीय तहको निर्वाचनलाई लक्षित गरी नेपाल भारत सिमा क्षेत्रमा सशस्त्र प्रहरीको टोलीले उच्च सुरक्षा सतर्कता अपनाएको छ। निर्वाचनका बेला  सीमा क्षेत्रमा हुनसक्ने आपराधिक क्रियाकलाप नियन्त्रण गर्ने उद्देश्यल जिल्लाका सीमा क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको जिल्ला प्रशासन कार्यालय बैतडीका सुचना अधिकारी खगेन्द्र भारतीले जानकारी दिए।

चुनावको अवधिमा सीमा नाकामा पूर्ण रुपमा आवतजावत बन्द गरिने उनले बताए। यो विषयमा भारतीय अधिकारीहरुसंग समेत समन्वय भइसकेको उनले बताए।

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६