प्रदेश

बाणगंगा ८ जनमोर्चाका उम्मेद्वारले संयुक्त गठबन्धनका उम्मेद्वार पौडेल प्यानललाई सघाउने




हरि घिमिरे, २५ वैशाख ।
कपिलवस्तुको बाणगंगा नगरपालिका वडा न. ८ जनमोर्चाका उम्मेद्वार टेकपती सापकोटा लगाएतको टिमले संयुक्त गठबन्धनका उम्मेद्वार हुमनाथ पौडेल लगाएतको टिमलाई सहयोग गर्ने भएको छ । आईतवार भएको दुवै पक्षको सम्झैता अनुसार जनमोर्चाका उम्मेद्वारको टिमले पौडेल लगाएतको टिमलाई सहयोग गर्ने भएको हो । बाणगंगा वडा न. ८ मा भएको संयुक्त विज्ञप्तीमा भनिएको छ आज मिति २०७९ साल ०१ महिना २५ गते कपिलवस्तु जिल्ला बाणगंगा नगरपालिका वाडा नं ८, अन्र्तगत राष्ट्रिय जनमोर्चा, तथा नेकपा (माओबादी केन्द्र) पार्टी बिचमा भएको सहमति भएको छ । जस अनुसार यस वाडा नं ८, भित्र हुन गहिरहेको आसन्न स्थानिय निर्वाचनमा आ– आफ्नो पार्टि बाट खडा गरिएका उम्मेद्वारको बिचमा गरिएको प्रतिस्पर्धा हुँदा दुवै पार्टीलाई हुने नोक्सानीलाई मध्यनजर गरि आजका मिति देखी राष्ट्रिय जनमोर्चाको तर्फ बाट चुनाबि मैदानमा आउनुभएका वडा अध्यक्ष पदका उम्मेद्वार श्री टेकपती सापकोटाले आफनो उम्मेद्वारीलाई स्थगीत गर्नु भएको छ । संयुक्त गठबन्धन केन्द्रकोे निर्णय बमोजीमको यस वडा नं ८ मा नेकपा (माओबादी केन्द्र) का उम्मेद्वार क. श्री हुमनाथ पौडेलको संयुक्त गठबन्धन टिमलाई सहयोग गर्ने जनाईएको हो । यस्तै नेकपा (माओबादी केन्द्र)ले गरेको पुर्व निर्णय बमोजिमको नगरपालिका भित्रका संयुक्त गठबन्धनका उम्मेद्वारलाई समर्थन गरि दुवै पार्टीका जिम्मेबार ब्याक्तिको निर्णय बमोजिम यो सहमति गरिएको माओवादि केन्द्र बाणगंगाले जनाएको छ ।
संयुक्त विज्ञप्तीः

प्रकाशित : २५ बैशाख २०७९, आइतबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६