प्रदेश

कान्छो वडा सदस्यका उम्मेदवार कमल बेल्वासे चर्चामा




कपिलवस्तु, २६ वैशाख ।
निर्वाचनमा मेयर, उपमेयर एवम् वडाध्यक्षको चर्चा चलिरहेकै हुन्छ । तर वाणगंगा नगरपालिका वडा नम्बर ८ मा भने गठबन्धनका साझा वडा सदस्य उमेदवार कमल बेल्वासेको चर्चा चलेको छ ।
राजनीतिको केन्द्रविन्दु मानिने वडा ८ मा वडा सदस्य उम्मेदवारी दिएर निर्वाचनमा होमिएका बेल्वासेलाई महत्त्वको साथ हेरिएपछि वडाभरी बेल्वासेको चर्चाले तहल्का पिटेको छ । विद्यार्थी राजनीतिबाट अगाडि आएर उम्मेदवारी दिएपछि सबैले साथ दिएका छन् ।

अनेरास्ववियु बाणगंगा बहुमुखी क्याम्पस लैगाईका क्याम्पस कमिटी अध्यक्ष भएर विद्यार्थीको साथबाट राजनीतिमा होमिएपछि २०७३ सालको स्ववियु निर्वाचनमा सभापतिमा उनको चर्चाले बजार तताएको थियोे ।

बेल्वासे अहिले मतदातालाई आफ्ना एजेन्डा सुनाउदै घरदैलो अभियानमा ब्यस्त छन् । कान्छो वडा सदस्यका उम्मेरवार समेत रहेका बेल्वासे वाणगंगा नगरपालिकाको वडा नम्बर ८ मा संयुक्त ४ दलीय गठबन्धन अन्तरगत नेकपा एकीकृत समाजवादीबाट उम्मेद्वारी दएका छन् ।

आफु लामो समय विद्यार्थी राजनीतिमा काम गरेकोले पनि आफ्नो पक्षमा माहोल राम्रो भएको उनि बताउछन् । घरदैलोका क्रममा जनताबाट अपार माया पाएको भन्दै मतदाताले आफुलाई भोट दिने र निर्वाचित गराउने उनको भनाई छ ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६