ब्रेकिंग न्युज

गन्तव्य विहिनको गठबन्धन : अध्यक्ष ओली



ललितपुर २६ वैशाख । – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पालिका चुनावपछि सत्तारूढ गठबन्धन समाप्त हुने दाबी गर्नुभएको छ । पूर्वप्रधानमन्त्रीसमेत रहनुभएका अध्यक्ष ओलीले गन्तव्य नै नभएको भन्दै सत्तारूढ गठबन्धन वैशाख ३० गतेको पालिका चुनावपछि समाप्त हुने बताउनुभएको हो ।
आज साेमवार ललितपुरको जावलाखेलमा पार्टीले आयाेजना गरेकाे चुनावी सभामा बोल्दै उहाँले प्रधानमन्त्री शेरबहादुर देउवालाई नै यो गठबन्धनको गन्तव्य के हो भन्ने थाहा नभएको जिकिर गर्नुभयो । यही प्रश्न प्रचण्डलाई सोध्यो भने उनले आफ्नी छोरीलाई भोट हाल्नु नै गठबन्धनको गन्तव्य हो भन्ने जवाफ दिने अध्यक्ष ओलीको कटाक्ष थियो ।

उहाँले भन्नुभयो, ‘शेरबहादुर देउवालाई सोध्नुस् त यो गठबन्धन के हो भनेर ? उहाँ आफैँले सोध्नुहुनेछ गठबन्धन भनेको के ? उल्टै निहुँ खोज्या भन्नुहुन्छ । प्रचण्डलाई सोध्यो भने छोरीलाई भोट हाल्ने हो भन्छन् । माधव नेपालले अर्कै भन्लान् । यिनीहरूको गन्तव्य नै केही छैन । भोलि कता जाने हो ? केही थाहा छैन यिनीहरूलाई । अब ३० गतेपछि यो पाँच दलीय गठबन्धन बाग्मतीमा सलल । अब गठबन्धन चल्नेवाला छैन ।’

ओलीले चुनावकाे बेला आफ्ना पार्टीका कार्यकर्तामाथि गुण्डागर्दीको शैलीमा आक्रमण गर्ने काम सत्तारूढ दलहरूबाटै भएको भन्दै आक्रोश व्यक्त गर्नुभयो । सत्तारूढ गठबन्धनले जनतालाई तर्साउने काम गरिरहेको पनि उहाँले दाेहाेर्‍याउनुभयाे ।

प्रकाशित : २६ बैशाख २०७९, सोमबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६