काठमाण्डाै – काठमाण्डाैकाे ईश्वर मन्दिर नामक एक सामाजिक संस्थाले दुई वटा इलेक्ट्रो लाइट एनलाइजर मेशिन वीर अस्पताललाई सहयाेग गरेकाे छ ।
आज सोमवार एक कार्यक्रममा बीच संस्थाका प्रमुख संरक्षक एवम् पूर्वअर्थमन्त्री शंकरप्रसाद कोइरालाले रगत परीक्षणका लागि अति उपयोगी एलाइजर मेशिन अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतलाई हस्तान्तरण गर्नुभएको हो । अमेजिन प्यारेन्स भन्ने अस्ट्रेलियामा रहेको एक संस्थाले उपलब्ध गराएको मेशिन अस्पताललाई उपलब्ध गराइएको संस्थाका प्रमुख संरक्षक कोइरालाले बताउनुभयो ।
अस्पतालका निर्देशक डा. भूपेन्द्र बस्नेतले मेशिन उपलब्ध गराएको भन्दै संस्थाप्रति आभार व्यक्त गर्नुभयो ।
प्रतिक्रिया