प्रदेश

वाणगंगालाई उत्कृष्ट शैक्षिक हवका रुपमा विकास गछौंः मेयरका प्रत्यासी अर्याल




कपिलवस्तु, वैशाख २७
नेकपा (एमाले) को तर्फबाट बाणगंगा नगरपालिकाका मेयरका प्रत्यासी चक्रपाणी अर्यालले वाणगंगा नगरपालिकालाई उत्कृष्ट शैक्षिक हवका रुपमा विकास गर्ने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरपालिका भित्र रहेको शैक्षिक संस्थाहरुको स्तर उन्नती गर्दै बाणगंगा नगरपालिकालाई प्रदेशकै उत्कृष्ट शैक्षिक हवका रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले समृद्ध नगर, सुखी नगरवासी बनाउने संकल्प पुरा गर्ने कार्यमा आफु अवरात्र जनताको साथमा रहने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले तिव्र विकासको जनचाहना , भावनाको, पक्षमा अवरात्र खटने बताउनु भयो । मेयरका प्रत्यासी अर्यालले बाणगंगा नगरलाई सबै नगरबासीको पहिचान कायम गर्ने गरी कार्य संचालन गर्दै सक्षम स्थानिय सरकार मार्फत नगरलाई समृद्ध नगरको रुपमा विकास गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो ।
अर्यालले नगरबासीको तिव्र विकासको चाहना, भावना, अनुरुप कार्य सम्पादन गर्दै आगामी ५ वर्षमा नगरले मेगा परियोजना संचालन गर्दै नगरको मुहार फेर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले नगरपालिकालाई स्वायत्त बनाउदै स्थानिय तहलाई जनताको घर आगनको भरोसाको केन्द्र बनाउने दावी गर्नु भयो । अर्यालले नगरको विकासका निम्ति उत्पादकत्व वृद्धिमा जोड दिने बताउनु भयो । अर्यालले नगर भित्र देखा परेको सुकुम्बासी समस्यालाई यथाशिर्घ समाधान गर्ने काम आफ्नो प्राथमिकतामा रहेको बताउनु भयो । अर्यालले सबै जात जाती वर्ग समुदायको संरक्षण गर्ने दायित्व नगरपालिकाको भएको चर्चा संस्कृतिको संरक्षण, प्रवर्धनमा जोड दिने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले नगर भित्रबाटै मृगौला डायलासिस सेवाको प्रभावकारी ब्यवस्थापन जोड दिदै प्रदेश र संघसंगको सहकार्यमा दीर्घकालिन ब्यवस्थापन गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । अर्यालले नगरबासीको सुन्दर भविश्यका लागि एमालेका सूर्य ध्वजावाहक उम्मेद्वारर्लाई विजयी बनाउन आग्रह गर्नु भयो ।
त्यस्तै उपमेयरकी प्रत्यासी रिता थारुले रोजगारी वृद्धिका लागि जल, जंगल र जमिनमा आधारित उद्योग स्थापनामा प्रोत्साहन गर्दै अनुदानको ब्यवस्था गर्ने, सिचाईको उचित प्रबन्ध गर्ने, कृषकलाई प्रोत्सान गर्ने प्रतिवद्धता ब्यक्त गर्नु भयो । उपमेयरकी प्रत्यासी रिता थारुले महिला स्वस्थ्य स्वयमसेविकालाई उनीहरुको कार्य सम्पादनको आधारमा प्रोत्साहन गर्ने र महिला तथा बालबालिकालाई निशुल्कक ओपिडी ब्यवस्था गर्ने बताउनु भयो ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६