दाङ २७ बैशाख – दाङकाे तुलसीपुरमा झाडापखालाबाट एक बालककाे ज्यान गएको छ । झाडापखालाबाट अन्य चार जना बिरामी परेका छन् ।
झाडापखालाबाट ज्यान गुमाउनेमा तुलसीपुर उपमहानगरपालिका ११ उरहरीको पश्चिम थारुगाउँका तिलक पुनका साढे दुई वर्षका छोरा अनमोल रहेका राप्ती प्रादेशिक अस्पताल तुलसीपुरका इमरजेन्सी इन्चार्ज धनबहादुर केसीले जानकारी दिनुभयो ।
बिरामी हुनेहरूमा तुलसीपुर ११ कै ५० वर्षीय बुद्धिराम, ४० वर्षीया गौरी, ५८ वर्षीय कलसीङ पुन र मिना पुन रहेका छन् । उनीहरूको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचार भइरहेको छ ।
बिरामीहरूमा झाडापखाला लाग्ने, बान्ता हुने लक्षण देखा परेको अस्पतालले बताएको छ । बिरामी सबै एकाघरका भएका इन्चार्ज केसीले बताउनुभयो ।
प्रतिक्रिया