जीवनशैली

दसैं र तिहारबाहेक आइतबारको भोलिपल्ट सार्वजानिक बिदा परे यी क्षेत्रमा लागु नहुने



काठमाडौं ।  जेठ १ गतेदेखि सातामा दुई दिन सार्वजनिक बिदा दिने निर्णय गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ । 

यसअघि नै मन्त्रिपरिषद्बाट निर्णय भइसकेको शनिबार र आइतबार दुई दिन सार्वजनिक बिदा दिने निर्णय मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको छ । 

गृह मन्त्रालयले प्रकाशित गरेको सूचनाअनुसार लगातार दुई दिन सार्वजनिक बिदा दिने भएपछि सो भन्दा बढी बिदा हुने भएमा बैंकिङलगायत अत्यावश्यक सार्वजनिक सेवा प्रवाह गर्ने क्षेत्रले भने गृह मन्त्रालयले समय निर्धारण गरेअनुसार सेवा प्रवाह गर्नुपर्ने उल्लेख छ ।

“संवत् २०७९ सालको लागि निर्धारण गरिएका दसैं र तिहारका सार्वजनिक बिदाबाहेक अन्य बिदा लगातार दुई दिनभन्दा बढी भएमा सार्वजनिक सेवा प्रवाह गर्ने अस्पताल, स्वास्थ्य चौकी रोपवे, टेलिफोन, प्रहरी, विद्युत, खानेपानी, अध्यागमन, वारुणयन्त्र, टक्सार, रेडियो नेपाल, नेपाल टेलिभिजन, मुद्रण विभाग, कन्सुलर सेवा, राहदानी सेवा, हुलाक, जिल्ला प्रशासन कार्यालय, इलाका प्रशासन कार्यालय, सीमा प्रशासन कार्यालय, बैंकिङ्ग सेवा, आन्तरिक राजश्व, भूमिसुधार तथा मालपोत कार्यालय, मालपोत कार्यालय, नापी कार्यालय, भन्सार कार्यालय र स्थानीय तहले तेस्रो दिनदेखि गृह मन्त्रालयले समय निर्धारण गरे बमोजिम सेवा प्रवाहको व्यवस्था मिलाउनुपर्ने,” गृह मन्त्रालयले राजपत्रमा प्रकाशित गरेको सूचनामा भनिएको छ । 

तर यसरी सार्वजनिक बिदाको दिनमा सेवा प्रदान गर्ने कर्मचारीलाई सट्टा बिदा दिने गरि सम्बन्धित निकायले कर्मचारी व्यवस्थापन गर्नुपर्ने सूचनामा उल्लेख छ । 

नेपाल सरकारले आगमी जेठ १ गतेदेखि लागु हुनेगरि सातामा दुई दिन शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गर्दै सोमबारदेखि शुक्रबारसम्म कार्यालय समय बिहान ९ः३० देखि साँझ ५ः३० सम्म बनाएको छ । त्यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म भने कार्यालय समय बिहान ५ः३० देखि साँझ ४ः३० सम्म हुनेछ ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६