गुल्मी २७ बैशाख – गुल्मीमा माछा मार्ने क्रममा खोलामा डुबेर दुई जनाको ज्यान गएको छ । छल्दी पनाहा खोलामा माछा मार्ने क्रममा डुबेर रेसुङ्गा नगरपालिका १४ का १७ वर्षीय अनिल सामत र १३ वर्षीय सुजन सामतको ज्यान गएको प्रहरीले जनाएको छ ।
हिजो साेमवार माछा मार्न गएका उनीहरू घरमा नआएपछि खोजी गर्दा आज डुबेको अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । दुवै जनाको शव पोस्टमार्टमका लागि गुल्मी अस्पतालमा लगिएको छ ।
प्रतिक्रिया