ब्रेकिंग न्युज

एमालेसँग प्रतिष्पर्धा गर्ने सामर्थ्य अरू कुनै पार्टीमा छैन : पाेख्रेल



कुलराज भुसाल
कपिलवस्तु २७ वैशाख
स्थानीय निर्वाचन प्रचार प्रसारको अन्तिम दिन मंगलबार नेकपा (एमाले)ले बाणगंगा नगरपालिकाको वडा नम्बर ६ मा वृहत मोटरसाइकल ¥याली सम्पन्न छ ।
एमालेका नेता, कार्यकर्ता, शुभेच्छुक गरी करिब एक हजार जनाको सहभागिता रहेको निर्वाचन परिचालन समिटी संयोजक माधव खनालले जानकारी दिनुभयो ।
वडाको सम्पर्क कार्यालय बैदौलीबाट सुरु भएको ¥याली सुठौली, बनकसिया, भगलापुर, अमौली, लक्ष्मणघाट, मनोहरापुर लगायतका टोल परिक्रमा गरी पुन ः बैदौलीमा आएर सभामा परिणत भएको थियो ।
सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) लुम्बिनी प्रदेश कमिटी सचिवालय सदस्य एवं निवर्तमान जिल्ला अध्यक्ष झविलाल पोख्रेलले बाणगंगाको वडा नम्बर ६ कम्युनिष्टको आन्दोलनको उर्वर भूमि एवं एमालेको लालकिल्ला रहेको दावी गर्नुभयो । वडामा एमालेसंग अन्य कुनै दलले प्रतिष्पर्धा नै गर्न नसक्ने जिकीर गर्दै पोख्रेलले आसन्न स्थानीय निर्वाचनमा एमालेको विजय सुनिश्चित भएको दावी गर्नुभयो । ‘आजको ¥यालीमा वडाबासीको उत्साहजनक सहभागिताले नै जितलाई सुश्चितता गरेको छ । हामीले निर्वाचन जितिसकेका छौं ।’ पाख्रेलले भन्नुभयो, ‘हाम्रो जितको सुनिश्चिततालाई देखेर अन्य दलहरुलाई छटपटी भएको छ । पैसा र प्रलोभनको बाडेर मत खरिद गर्न खोज्नेछन । त्यसलाई रोक्न हामी निकै चनाखो बन्नु पर्दछ ।’
सभालाई सम्बोधन गर्दै नेकपा (एमाले) जिल्ला अध्यक्ष डम्मर शर्माले अहिलेको निर्वाचन एमालेको जोडबलले हुन लागेको बताउनु भयो । सत्ताधारी गठबन्धनले अनेक बहाना गरेर निर्वाचन टार्ने षडयन्त्र गरिरहेको बेला एमालेले सशक्त दवाव सिर्जना गरेर निर्वाचन हुने वातावरण बनेको दावी गर्नुभयो । ‘अहिलेको अवस्थामा स्थानीय निर्वाचन चाहने पार्टी नेकपा (एमाले) मात्रै हो ।’ शर्माले भन्नुभयो, ‘जनताले निर्धारित समयमै निर्वाचन भएर आफ्ना जनप्रतिनिधि मार्फत स्थानीय सरकार सञ्चालन भएको देख्न चाहेका थिए । र जनताको त्यही चाहनालाई बुझेर एमालेले निर्वाचनको जोडदार माग गरेको हो । तसर्थ एमालेको नैतिक विजय भइसकेको छ । एमालेको यस विजयलाई वैशाख ३० गते जनताले सानदार ढंगले अनुमोदन गर्नेछन् ।’ शर्माले केही स्वार्थी नेताहरुको बीचमा गठबन्धन भएको भए पनि आम जनता गठबन्धनको विपक्षमा रहेको जिकीर गर्नुभयो ।
एमालेको तर्फबाट बणगंगाको उपमेयारकी प्रत्यासी रिता थारुले अब बाणगंगामा एमालेको जितलाई कसैले रोक्न नसक्ने बताउनुभयो । नगरका हरेक वडामा एमालेको समर्थनमा भएका भव्य ¥यालीहरुले एमालेको जितलाई सुनिश्चित गरेको दावी गर्नुभयो । समग्र नगरको विकास, सुशासन, सामाजिक न्यायसहितको समतामूलक एवं समृद्ध नगर बनाउन एमालेको नेतृत्व आवश्यक रहेको जनताले बुझिसकेकाले एमालेको जित पक्का भएको थारुले बताउनु भयो । ‘समृद्ध बाणगंगा नगर, सुखी नगरबासी’ भन्ने एमालेको सङ्कल्प पुरा गर्न पनि जनताले एमालेलाई नै जिताउने उहाँले बताउनुभयो ।
निवर्तमान वडाध्यक्ष एवं एमालेको तर्फबाट पुनः वडाध्यक्षको प्रत्यासी बन्नुभएका सुकदेव थारुले अघिल्लो कार्यकालमा वडा भित्र धेरै गौरवपूर्ण कार्य गरेको बताउदै केही अधुरा कार्यहरुलाई सम्पन्न गर्न र वडालाई नयाँ उचाई पु¥याउदै समृद्ध वडा बनाउन आफ्नो दललाई पुनः मतदान गर्न आग्रह गर्नुभयो ।
यसैबीच ¥याली सुरु हुनु पूर्व वडामा मनहरापुर र गणेशपुर टोलमा कोणसहरुभा सम्पन्न भएका छन् । उक्त कोणसभालाई नेकपा (एमाले)का जिल्ला उपाध्यक्ष, निर्वाचन परिचालन कमिटी बाणगंगाका संयोजक विश्राम थारु, मेयरका प्रत्यासी चक्रपाणी अर्याल, उपमेयरका प्रत्यासी रिता थारु, वडाध्यक्षका प्रत्यासी सुकदेव थारु लगायतले सम्बोधन गर्दै नेकपा (एमाले)को विजय पश्चात वडा भित्र गरिने विकास निर्माणका कामको प्रतिवद्धता व्यक्त गर्नभएको थियो । उहाँहरुले वडालाई विकास र समृद्धिको दिसामा अघि बढाउन कुनै कसर बाँकी नराख्ने प्रतिवद्धता जनसमक्ष व्यक्त गर्नुभयो । वडा भित्र रहेका विद्यालय तथा बालविकास केन्द्रको भौतिक पूर्वाधार सुधार गर्ने, मूल तथा शाखा सडकहरुको स्तरोन्नती गर्दै जनचाहना बमोजिम सडक विस्तार गर्ने र सडक मापदण्ड अनुसार, पिच, ढलान र लकिङ बलक लगाउने कार्य गर्ने, एक घर एक धारा कार्यक्रम लागु गर्ने, लक्ष्मणघाट बोलबम धामलाई प्रमुख धार्मिक पर्यटकीय क्षेत्रको रुपमा विकास गर्न उचित प्रवन्ध मिलाउने, फुसका घरहरु विस्थापित गर्ने, कृषकहरुलाई सिंचाइ, मलवीउ तथा प्रविधिको उपलब्धता गराउने लगायतका प्रतवद्धता मतदाता समक्ष व्यक्त गर्नुभयो । कोष सभा एमालेका स्थानीय नेता प्रकाश भुसालको सहजीकरणमा सम्पन्न भएका थिए ।

प्रकाशित : २७ बैशाख २०७९, मंगलबार

सम्पर्क

सम्पर्क ठेगाना : बाणगंगा न.पा.– ४ जितपुर, कपिलवस्तु
कपोरेट कार्यालय : बुटवल उपमहानगरपालिका, ट्राफिक चोक
प्रादेशिक कार्यालय : देउखुरी दाङ
सम्पर्क नं. ०७६–५५०२८३,५५०२६०,९८५७०५०९७०
E-mail : [email protected]

हाम्रो समूह

  • प्रवन्ध निर्देशक :  
    लक्ष्मण प्रसाद बेल्बासे
  • प्रधान सम्पादक :  
    भेषराज पाण्डे
  • कार्यकारी सम्पादक :  
    डिलाराम भुसाल
  • समाचार संयोजक :  
    हरि घिमिरे

सोसल मिडिया

सूचना विभाग दर्ता नं.

८५८-२०७५/७६